You are here
Home > प्रवास > फुकुओकामा बाणिज्य दुताबासको उद्घाटन समारोह सम्पन्न

फुकुओकामा बाणिज्य दुताबासको उद्घाटन समारोह सम्पन्न

– दीप्श्री अन्लाईन

कान्साइ,जापान,

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जापान क्युशु फुकुओकामा वाणिज्य दुताबास स्थापना भइ नोभेम्बर ११ तारिक उद्घाटन सम्पन्न भएको छ ।

पछिल्लो समय जापानमा कोरोना बढ्दो क्रम सँगै नेपालीहरुमा पनि यसको सन्क्रमण धेरै फैलिएको आँकलन भए सँगै कार्यक्रमको प्रमुख अतिथी  राजदुत  प्रतिभा राणाले ZOOM (जुम ) मार्फत उद्घघाटन गर्नु भएको थियो भने अन्तर्राष्ट्रिय ब्यूरो, योजना र क्षेत्रीय विकास विभाग, फुकुओका प्रान्त का निर्देशक फुरुकावा र फुकुओका शहर सामान्य मामिला योजना ब्यूरो अन्तरराष्ट्रिय बिभागका निर्देशक कुबोताले शुभकामना दिदै यहाको नेपालीहरुको लागि र नेपाल जापान हित सँग सकिने सहकार्य र सहयोग गर्ने कुरा ब्यक्त गर्नुभयो त्यस्तै क्युस्युमा सकृय संघ संस्था हरुको प्रतिनिधित्त्व गर्दै धर्मराज अधिकारिले आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो ।

क्युशु क्षेत्रमा लगभग ७ हजार भन्दा बढी नेपालीहरु बसोबास गर्छन भने लगभग ५ हजार फुकुओका शहरमा रहेको तथ्याङ्क छ।बिगतमा फुकुओका शहरमा वाणिज्य दुताबास रहेता पनि गत दुइ बर्ष अगाढी देखि खाली रहेको थियो ।

फुकुओकामा बिशेषगरी बिद्यार्थीको संख्या बढी रहेको हुँदा विभिन्न दैनिक जिबनका समस्याहरु,प्रसासनिक समस्याहरु बढ्दै गएको र अहिले विश्वभरी फैलिएको कोरोना भाइरसका कारण उब्जिएका केही समस्याहरुको समाधानका लागि पनि बाणिज्य दुताबास निकैनै आवश्यक थियो ।

यसै कारण नेपाल सरकारबाट फुकुओका बाणिज्य दुतका लागि किमोतो युइचिरो लाइ नियुत्त गरिएको थियो,यसका साथै गत अक्टोबर २६ तारिकबाट हाकाता एकी हिगासीमा बाणिज्य दुताबासको कार्यालय खोलिएको छ र यसको उद्घघाटन समारोह हिजो अर्थात नोभेम्बर ११ तारिक सम्पन्न भएको छ ।
उद्घघाटन समरोहमा फुकुओका प्रिफेक्चर र सिटीका प्रतिनिधि विभिन्न जापानिज संघ संस्थाका प्रतिनिधिहरु,जापानिज भाषा स्कुलका प्रतिनिधिहरु,ब्यबसायिक ब्यक्तिहरु,स्थानिय नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो।

यसैगरी नेपाल झल्किने नृत्य तथा नेपाली बाजा प्रयोग गरिएका धुनहरु प्रस्तुत गरिएको थियो ।
उद्घघाटन कार्यक्रममा बोल्दै नब नियुक्त बाणिज्य दुत किमोतो युइचिरोले उपस्थित सबैलाई धन्यबाद दिँदै आफु पनि झन्डै २२ बर्ष जति बिदेशको जीवन ब्यतित गरेकोले परदेशको सकशको अनुभब भएकोले नेपाल र नेपालीको हितको लागि र दुइ देशको हितको लागि आफ्नो तर्फबाट सक्दो प्रयास रहने बिचार ब्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन एनआरएन जापान क्युशुका संयोजक देवराज उप्रेतिले गर्नुभएको थियो।

बाणिज्य दुतको परिचय यसप्रकार रहेको छ ।

नाम :-किमोतो युइचिरो

1970 :-कोनान विश्वबिद्यालय स्नातक
1970 बाट 1972:- निहोन सेइमेइ सोगो कम्पनिमा कार्यरत
1972:- ब्राजिलमा गइ कम्पनि प्रबर्धन,निर्माण,खाद्य,खुद्रा ब्यापार लगायतको अनुभब
1998 :-हालको कम्पनि क्योदाई जापानको कम्पनि निर्देशकको रुपमा नियुक्ति
2000 :-हाल उनिडोस कम्पनि लिमिटेड को प्रमुख नियुक्ति
2020 :-संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जापानको फुकुओकामा बाणिज्य दुत नियुक्ति ।

Leave a Reply

Top