You are here
Home > प्रवास > दीप्श्री कृयटीभ मिडियालाई मिकी हिगासी लाइन्स क्लबको प्राबिधिक सामाग्री सहयोग

दीप्श्री कृयटीभ मिडियालाई मिकी हिगासी लाइन्स क्लबको प्राबिधिक सामाग्री सहयोग

बिगत १४ बर्ष देखी निरन्तर संचार क्षेत्रमा योगदान दिदै आएको दीप्श्री कृयटीभ मिडिया नेपाललाई जापानको ह्योगो केन स्थित कोबेमा रहेको मिकी हिगासी लाइन्स क्लब कोबेले   जापानी एन पाँच लाख बराबरको प्राबिधिक सामाग्री सहयोग गरेको छ।सन २००१ देखी नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको मिक्की हिगासी लाइन्स क्लब कोबेले यस बर्ष दीप्श्री दीप्श्री कृयटीभ मिडियालाई उक्त रकम बराबरको सामाग्री हस्तान्तरण गरेको हो । जापानमा रहेको उशा जापान नामक NGO को पहलमा उक्त सामाग्री प्राप्त भएको दीप्श्री कृयटीभ मिडियाका प्रमुख पुरुषोत्तम लामिछानेले बताउनु भयो ।
प्राप्त सामाग्री बिभिन्न टेलिभिज कार्यक्रम उत्पादनमा प्रयोग गरिने संस्थाका कार्यबहाक प्रमुख दीपक लामिछानेले जानकारी दिनु भयो।आगामी दिन हरुमा पनि दीप्श्री कृयटीभ मिडिया सँग सहकार्य गर्दै अगाडि बड्न आफुहरु उत्साहित रहेको मिकी हिगासी लाइन्स क्लब कोबेले जनाएको छ ।

यस्सै बिच मिकी हिगासी लाइन्स क्लब कोबे जापानको नयाँ भिसा प्रणाली आन्तरगत नेपाली हरुलाई जापान जान सहयोग गर्ने उदेश्यले नेपालमा संचालन गरिएको जापान भाषा स्कुल हाना मिजुकी लाई पनि जापानिज एन पाँच लाख बराबरको शैक्षिक तथा प्राबिधिक सामाग्री हस्तन्तरण गरेको छ ।

Leave a Reply

Top