You are here
Home > विचार > किन धमिलो हुँदैछ एन आर एन ए को छबी ?

किन धमिलो हुँदैछ एन आर एन ए को छबी ?

-नरेन्द्र बस्नेत (दिनेश)

हरेक दुइ बर्षमा दसैं तिहारको बीचमा सम्पन्न हुने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको सम्मेलन हुन्छ त्यसै क्रममा आठौं विश्व सम्मेलनमा सहभागी हुन भनेर संसार भरिका करीब ७८ देशबाट झन्डै २५०० को हाराहारीमा प्रतिनिधिहरूको उपस्थिति थियो सन २०१७ को अक्टोबरमा काठमाडौंको बौद्धस्थित ५ तारे होटल हायात रिजेन्सी मा । प्रत्येक २ बर्षमा दसैंको समाप्ति संगै
आयोजना गरिने यो सम्मेलन २०१५ मा भने दसैं अगाडी ठ्याक्कै दशैं को मुखमा पारेर आयोजना गरिदा एन.आर.एन.ए ले दसैँ पनि मनाउन नदिने भयो भनेर चर्को आलोचना खेप्नु परेको थियो त्यतिखेर,जसमा मैले पनि `आफ्नो घरपरिवार भन्दा एन.आर.एन ठुलो हैन`भन्ने शिर्षक मा सानो लेख मार्फत आयोजकलाइ आम सर्बसाधारणको विचार र समस्या समेट्ने गरि झक-झक्याउने प्रयास गरेको थिए। एन.आर.एन.ए को स्थापना देखि हरेक २ बर्षमा आयोजना गरिदै आएको यो सम्मेलन विश्वभरि रहेका नेपालीहरूमध्ये केहीलाई “पशुपतिको यात्रा शिद्राको व्यापार” जस्तै हुने गर्दछ ।
सन् २००३ मा जब “नेपालीका लागि नेपाली” अभियान , “एन.आर.एन.ए” शुरु हुदा विश्वमा करिब ३० देशहरूमा मात्र नेपालीहरू पुग्न सकेका थिए (तत्कालिन आकलन अनुसार) भने आज एक सय भन्दाबढी देशहरूमा नेपालीहरू रहेको अनुमान गरिएको छ र यो क्रम घट्नुको साटो बढ्दो छ।
झन्डै १४ बर्षको यो दौडानमा एनआरएनएको आकारले अनपेक्षित रुपमा फड्को मारिसकेको छ । आकारसंगै ठुलो संख्यामा गुणस्तरीय जनशक्ति डायस्पोरा रहेकोले संस्थाप्रति मानिसहरूको अपेक्षा उत्तिकै बढेको छ भने पछिल्लो समय आलोचनाको सिकार पनि त्यतिकै बन्दै गएको छ। प्रवासमा बस्ने यति धेरै नेपालीहरूलाई समन्वय गरि समृद्ध नेपालको सपना बोकेर एउटा मिनी राष्ट्र संघीय मोडेलमा अघि
बढेको संजाल एनआरएनएमा व्यबस्थापन र प्रभावकारी प्रशासनमा भने थुप्रै चुनौतीहरू देखा पर्न थालेका छन् । किन कि यो गैर नाफामूलक र निसन्देह स्वयंसेवी संस्था हो ।
सन् २००३ फेब्रुअरी मा लण्डन बाट “नेपालीका लागि नेपाली” अभियान , “एनआरएनए” सुरु हुंदा विश्वमा करिब ३० देशहरूमा मात्र नेपालीहरू पुग्न सकेका थिए भन्ने तत्कालिन आकलन भए पनि आज सय भन्दाबढी देशहरूमा नेपालीहरू रहेको अनुमान गरिदैछ । एन.आर.एन.ए को संजाल पनि सुरुमा २० भन्दा कम मुलुकहरूमा स्थापित थियो भने आठाैं विश्व सम्मेलनसम्म आइपुग्दा ७८ देशहरूमा गैर आवासीय
नेपालीहरूको राष्ट्रिय समन्वय समिति गठन भैसकेको छ । त्यसैगरि सुरुमा एक हजार भन्दा कम पंजीकृत सदस्य रहेको एनआरएनए आज करिब १ लाखको हाराहारीमा पंजीकृत सदस्य छन् भने बिश्व सम्मेलनमा प्रतिनिधिको रुपमा मात्रै करिब दुई हजार डेलिगेटहरूको उपस्थिति रहनु संस्थाको महत्व र आकर्षण बढेको मान्नु पर्दछ।

यो पंक्तिकार पनि एन.आर.एन.ए अभियानमा बिद्यार्थी कालदेखि नै सक्रिय हुदै आएपनि स्वयसेवी यो संस्था दिन प्रतिदिन महँगो हुदै गर्दाको परिबेशमा पनि यसको नेपालमा हुने अन्तरास्ट्रिय सम्मेलनमा सहभागी हुन थालेको १० बर्ष भैसक्यो तर बिगत का सम्मेलन र यसपालिको सम्मेलन लाइ तुलना गर्दै यसपटक को सम्मेलन बिदेशमा बस्ने नेपालीहरुको हो भनेर पत्याउने गार्हो पर्ने जस्तो थियो
अर्थात् हामी नेपाली जहाँ जति सुसंस्कृत र सभ्य देशमा गएर ज्ञान सिप आर्जन गरेपनि आफ्नो देशमा फर्किए पछि ति सबै त्यहि देशमा छोडेर आएको जस्तो अत्यन्तै लाजमर्दो र अब्यबस्थित को चरम सिमा नाघेको वाताबरण थियो।
सदस्यहरूले पैसा तिरी सकेपछि पनि ७/८ घण्टासम्म लाइनमा बस्नुका साथै सचिवालयमा काम गर्ने कर्मचारीहरूको व्यवहार अनावस्यक र अत्यन्तै झन्झटिलो देखिन्थ्यो ।

१)सचिवालयमा व्यवस्थापनको लाजमर्दो झमेला
अक्टोबरको दोश्रो हप्ता विश्व सम्मेलनमा भाग लिन संसारबाट काठमाडौंमा ओइरिंदै गर्दा सचिवालयले दिनु पर्ने सेवामा निकै अस्तव्यस्त देखियो । १० अक्टोबेरदेखि वितरण गर्ने भनिएको प्रतिनिधि परिचय पत्र १५ अक्टोबर हायातको प्राङ्गणसम्म पुग्दा पनि नसकिएर अधिबेशन सुरुभएको दिन समेत परिचय पत्र लिनेको लामो र अव्यवस्थित लाइन देख्न सकिन्थ्यो जुन एन.आर.एन.ए को हालसम्मको
इतिहासमै लाजमर्दो र गैरजिम्मेवार तरिका थियो भन्ने अधिकांश को ठम्याई छ। एकातिर सबै राष्ट्रिय समन्वय समितिहरूले प्रतिनिधिहरूको नामावली समयमा नपठाएको गुनासो थियो भने अर्कोतिर विश्वभरि रहेका एनआरएनए पंजीकृत सदस्यहरूको लागत केन्द्रिकृत सिस्टम (MIS) द्वारा व्यबस्थित गर्ने प्राबधान अनुरुप कतिपय एनसीसीका पदाधिकारीहरू उक्त नयाँ सिस्टमसंग काम गर्न कठिन भएकोले यो
समस्या आएको गुनासो सचिवालयको थियो । जे होस् पंजीकृत सदस्यहरूले पैसा तिरी सकेपछि पनि ७/८ घण्टासम्म लाइनमा बस्नुका साथै सचिवालयमा काम गर्ने कर्मचारीहरूको व्यवहार अनावस्यक र अत्यन्तै झन्झटिलो देखिन्थ्यो। व्यबस्थापनमा आवस्यक सुधार र सम्मेलनलाई चुस्त गतिमा संचालन र सम्पन्न गर्नका लागि भनि यस पटक प्रतिनिधिहरूको शुल्क २५ प्रतिशतले वृद्धि गरिंदा पनि व्यबस्थापनले
आवस्यक जनशक्ति, साधन, श्रोत र प्रबिधिको प्रयोग गर्न नसक्नाले सम्मेलनमा प्रतिनिधिहरूले पाएको दु:ख र झमेलाको उचित सम्बोधन आउंदो कार्यसमितिले गर्ने छ र २०१९ विश्व सम्मेलनमा यस्तो दोहोरिने छैन भन्ने अपेक्षा गरौ।

२)अनुत्पादक चुनाबी प्रतिश्प्रर्धा
“के छ माहोल ?” यो वाक्यांश सायद सबै भन्दा धेरै प्रयोग भयो होला कन्फेरेन्सको अघिल्लो ३ दिनसम्म । अलि अलि चिनेको होस् या चिन्दै नचिनेको होस् हात मिलाउने, गला मिलाउने अनि भोट माग्ने अनि अर्कोपट्टीबाट “हुन्छ”, “भैहाल्छ”, “तपाईको जित सुनिश्चित छ” जस्ता बार्तालाप नै धेरै चल्तीमा थिए करिब करिब सम्मेलन भरि नै । हुन पनि कूल ३८ पदाधिकारीहरूको लागि भएको निर्वाचनमा करिब १५०
भन्दा बढी उम्मेदवारी परेको थियो । सबैभन्दा धेरै उमेदवारहरू यूरोप बाट थियो भने अफ्रीका क्षेत्रका सबै क्षेत्रीय पदहरूमा निर्बिरोध भएकोले चुनाव भएन । अन्य क्षेत्र र केन्द्रीय पदहरूमा पूर्वनिर्धारित समय तालिका अनुसार अक्टोबर १६ का दिन अपरान्हबाट मतदान सुरु भएको थियो भने मतदान करिब मध्यरातसम्म चलिरहेको थियो । अचम्म लाग्दो कुरा त के भने सानो भन्दा सानो पद (
क्षेत्रीय संयोजक,उपसंयोजक हरू ) मा चुनावमा उठ्दा पनि १ लाख रुपैया भन्दा कमको उम्मेदवारी दस्तुर थिएन । तैपनि लिन भन्दा दिन जाने पदहरूमा यति धेरै उम्मेदवारी पर्नु, जित्ने, जिताउने, हार्ने, हराउने खेल, तानातानी, खिचातानी र तछाड मछाड हेरी नसक्नु र बुझिनसक्नु थियो, विश्व सम्मेलनताका काठमाडौंको दृश्य । जातीय, क्षेत्रीय र राजनैतिक ध्रुबिकरण अनि गुटबन्दीकरणको चरम
पराकाष्टा पनि छरपस्ट देखिन्थ्यो एनआरएनए विश्व सम्मेलन सेरोफेरोमा ।

३)आइसीसीमा अष्ट्रेलिया र जापानको टक्करमा अन्य देशहरु मारमा
संसार भरिका एनआरएनएहरूमा अष्ट्रेलिया र जापानको राष्ट्रिय समन्वय समिति अब्बल मानिन्छ । २०१३ मा शेष घले अध्यक्ष हुंदै गर्दा अष्ट्रेलियन एनआरएनहरूको छाती गर्बले फुलेको थियो ।
शेष घले को आगमन अध्यक्षको रुपमा जुन तरिकाले भएको थियो त्यो तेतिखेर पनि पूर्णता स्वाभाविक नहुदाको अबस्थामा तत्कालिन परिस्थिति र उ माथि एन.आर.एन.ए का नेत्रित्वो सम्हाली सकेका र सम्हाल्न खोज्दै गरेका हस्तीहरुको विश्वास र अचानक बढेको सम्बन्ध ले बलियो बनाएको थियो जस अनुरुप उनले अप्रत्याशित बिजय हासिल गरे।पहिलो कार्यकाल मै एन.आर.एन.ए इतिहासमा बहुप्रतिक्षित बनेको
एन.आर.एन.ए को आफ्नै भवन निर्माणका लागि घले संसारका विभिन्न देशमा सहयोग संकलन गर्न दत्त चित्त भएर लागे र तत्कालै काठमाडौँ मा भवन निर्माण को लागि जग्गा खरिद प्रकरण अगाडी बढाई भबन निर्माण को कार्यलाई तिब्र पारे,लगत्तै देशलाई महाभूकम्प ले विछिप्त बनायो जुन बिसम परिस्थितिलाई घले को नेत्रित्वोमा एन.आर.एन.ए ले गरेको राहत र अन्य सहयोग हरु ले घले को साँख माथि उठ्नु को साथै
समग्र एन.आर.एन को शिर ठाडो भयो जसले घले लाइ अर्को दुई कार्यकाल पुनःअध्यक्ष हुनको लागि बाटो खोलिदियो। २०१३ देखि २०१७ सम्म कुनै पनि एनआरएनए अभियानमा अष्ट्रेलियाको भूमिका अग्रस्थान मै रहन्थ्यो । जब निबर्तमान अध्यक्ष शेष घले आफ्नो ४ बर्षे कार्यकाल सकेर बहिर्गमन हुंदै गर्दा आइसीसीमा अष्ट्रेलियाको प्रतिनिधित्व शून्य नै हुन पुग्यो ।

यता जापानबाट पनि त्यसै गरि उम्मेदवार हरुको भिड नै लाग्यो दुइ कार्यकाल शेष घले लाइ उपाध्यक्ष को रुपमा सहयोग गरेका भबन भट्ट को उम्मेदवारी जति स्वाभाविक थियो त्यति नै आजको आबस्यकता पनि थियो तर क्षेत्रीय संयोजक जस्तो १ पदमा जापान बाट नै दुइ जना उठ्नु अत्यन्त लाजमर्दो बिषय थियो जसले गुटबन्दी र चरम उत्कर्ष नाघेको आभास दिलाएक थियो भने अन्य सानो देशबाट उठ्ने उम्मेदवार
हरुलाई प्रोत्साहित गर्नुको साटो निरुत्साहित गरेको थियो। यस्तो विश्व संजालमा सबै क्षेत्रको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने ख्यालै नगरी प्राय: सबै पदहरूमा जापान र अष्ट्रेलियाबाट उम्मेदवारी दिदै विश्व जनमत अष्ट्रेलियन उम्मेदवारप्रतिको नकारात्मक प्रभावका कारणले पनि आइसीसी उम्मेदवारहरू सबै पराजित हुन पुगे भने जापान ले सोचे अनुरुप जित हासिल गरे पनि एकै
पदमा दुइ उम्मेदवार खडा गर्दा राम्रो संदेश भने दिन सकेन। आईसिसिमा प्रतिनिधित्वका लागि फुटेर कहिल्यै संभव छैन भन्ने कुरामा जवसम्म सहमत भइन्न तवसम्म कुनै पनि देशको एनआरएनको हविगत अहिलेको अस्ट्रेलिया जस्तै नहोला भन्न सकिन्न। हिजो लगातार ४ बर्ष केन्द्रिय नेतृत्व गरेको अस्ट्रेलियाले आज आपसी एकताको अभाव को साथमा मौलाएको गुटबन्दी र घृणित राजनीतिको असरले शुन्यमा
झर्दा पनि सिक्न सकेन भने आगामी दिनमा यसको साँख जोगाउन गार्हो नपर्ला भन्न सकिन्न।
यस पटकको पाठबाट आगामी दिनमा अगुवाहरुले बेलैमा एकताको प्रयास गर्न जरुरी छ ।
मनोनित केन्द्रिय सदस्यले एकैचोटी अध्यक्षको चाहाना सस्थागत हिसावले पनि अपाच्य कुरो थियो । उहांको उम्मेदवारी कै सिलसिलामा विचार विमर्श गर्न जमुना गुरुङद्वारा बोलाइएको अष्ट्रेलियन एनआरएन प्रतिनिधिहरू संगको छलफलमा धेरै शुभ चिन्तकहरूले उहांलाई अहिले उम्मेदवारी दिनु उचित होइन भन्ने राय पनि नदिएका होइनन् ।

४)बिचौलिया हरुको लहटमा जमुना गुरुङको हतास उम्मेदवारी
निबर्तमान अध्यक्ष शेष घलेले बिगत ४ बर्षमा कमाएको हाइ हाइ अन्तिम समयमा आएर वहाकी श्रीमती जमुना गुरुङद्वारा अध्यक्ष पदको लागि गरिएको अप्रत्याशित र अस्वोभाबिक उम्मेदारी घोषणा र पराजयबाट दांतमा ढुंगा लागेको अनुभव समस्त एनआरएनहरूले महसुश गरेका छन् । अष्ट्रेलियाले बिगत ४ बर्ष सम्हाली सकेको थियो र आउंदो कार्यकाल संस्थामा लामो समय काम गरेकाहरूलाई दिनु उपयुक्त
हुनेथियो जसका लागि संस्थाको स्थापना काल देखि तल्लो स्तर बाट आफ्नो बिबिध अनुभवले खारिदै आएका भबन भट्ट,कुमार पन्त लगायतका आकांक्षि हरु हुनुहुन्थियो भने अर्कातिर श्रीमानकाे कार्यकाल सकिदै गर्दा त्यहि पदको कार्यभार श्रीमतीले दाबि गर्नुलाई एनआरएनहरूले सहज रुपमा लिन सकेनन् । मनोनित केन्द्रिय सदस्यले एकैचोटी अध्यक्षको चाहाना गर्नु सस्थागत हिसावले पनि असह्य
कुरो थियो ।जमुना घलेको उम्मेदवारी कै सिलसिलामा विचार विमर्श गर्न वहा द्वारा बोलाइएको अष्ट्रेलियन एनआरएन प्रतिनिधिहरू संगको छलफलमा धेरै शुभ चिन्तकहरूले उहांलाई अहिले उम्मेदवारी दिनु उचित होइन भन्ने राय पनि नदिएका होइनन् । संस्था भनेको बिरासत र अहम ले मात्र चल्ने कुरा हैन भन्ने कुरा वहाले नबुझिदिनाले र आफ्ना वरिपरिका केहि बिचौलिया हरुले संस्थागत हित भन्दा पनि
वहाहरुलाई प्रयोग गरि आफुले गरेको राजनीतिक र बिबिध अहम मै घले दम्पति लाइ प्रयोग गर्दै अप्रत्याशित चंगुलमा वहाहरु लाइ पारिसकेको कारण ले पनि वहाहरु बास्तबिकता को धरातल लाइ बुझ्न सक्नु भएन जसको परिणाम अत्यन्तै लाजमर्दो भएर आयो। आफन्तहरूलाई संस्थामा प्रवेश गराउन गरिएको बार्गेनिङ असफल भएको छ । लाप्राक र सचिवालयको काम सम्पन्न गर्नको लागि मेरो उम्मेदवारी भन्दै चुनाबी प्रस्तिस्पर्धामा जाने निर्णय गरेपछि कसैको केहि लागेन । अन्तत: बिगत ४ बर्षसम्म एनआरएनएमा आफ्नो अमूल्य समय र श्रोत दिएका निबर्तमान अध्यक्षको सम्मानजनक बहिर्गमन हुन सकेन । उहांको आगमन र गमनलाई जसरी आए त्यसरी नै गए भनेर चर्चा चलाउन थालिएको छ । त्यसमा सायद दुरगामी सोचको अभाव भयो की कसैको बहकावमा लागियो त्यो घले दम्पतिले बुझ्ने कुरा हो ।

५)भ्रस्टाचार को दलदलमा एन.आर.एन.ए
एन.आर.एन.ए को सम्मेलन ताका नेपालको चुनाब भन्दा डरलाग्दो गरि जुन किसिमको बौलापन देखाएर उम्मेदवार हरुले खर्च गर्छन यसले कतै न कतै संस्था भित्र भ्रस्टाचार को गन्ध दिदै गरेको आभास हुन थालेको छ भने यो कुसंस्कार विकास गर्न संस्थापक हरु नै प्रमुख जिम्मेवार रहेको यो पंक्तिकारको ठम्याई छ, किनकि सुरुवातका दिन बाट नै यस्ता किसिमका कार्यहरु लाइ प्रोत्साहन नदिइकन अर्काको आस
नगरी आफैले नै खर्च गरि आफ्नो मताधिकार सुरक्षित गर्नु पर्ने खालको वातावरण बनाउन सकेको भएको आजको दिनमा आएर कुनै पनि सम्मेलनमा भाग लिने हरुले कुन उम्मेदवारले मेरो पैसा हालिदिन्छ भनेर आस नै गर्ने थिएनन्,परिस्थिति यति धेरै बिकराल हुदै गयो कि तिर्ने हरु केहि सधै तिरी नै रहेका छन र आफु बसेकै देशमा थपक्क आफ्नो राष्ट्रिय समन्वय समिति मार्फत बुझाएर जान्छन भने कोहि चाही
कोठी का वरिपरि ग्राहक को खोजीमा भौतारिरहेका हरु जस्तै गरेर जसले पैसा हालिदिन्छ उसलाई नै भोट हाल्छु भन्दै च्याखे थापी सम्मेलन स्थलमा दाउ खोज्दै हिड्छन त कोहि कमाउने मौकाको रुपमा प्रयोग गर्न खोज्छन जसको प्रमुख दोषी एन.आर.एन.ए का नेताहरु नै हुन्। विभिन्न देशबाट आएका नेपालीहरुको लागि भोट को आशामा बग्रेल्ती खर्च गरेर चुनाब जितेकै अबस्थामा पनि त्यो खर्च उठाउने आधार के
हो र कसरि त्यो पैसाको असुली हुन्छ अथवा गर्छु भनेर अन्धाधुन्द खर्च गरिरहेका हुन्छन उम्मेदवारहरुले! यो सोचनीय बिषय छ। अर्को तिर नया कार्यसमिति आएपछि विधानको खिल्ली उडाउदै यसले गरेका मनोनयन हरु संस्था सुध्रिढीकरणको सोचले भन्दा पनि राजीनितिक पार्टीको भर्तीकेन्द्र को रुपमा बिकसित गर्ने कुण्ठित मनस्थितिले गरिएको देखिन्छ जुन बिषयमा अभियानलाई राम्रो संग बुझ्ने
केहि ब्यक्तित्वो हरुले खण्डन पनि गरिसक्नु भएको छ भने यसको प्रभाब केहि राष्ट्रिय समन्वय समिति हरुमा पनि परिसकेको अवस्था छ।पछिल्लो समय एक पछि अर्को गर्दै संस्था को बारेमा आएका नराम्रा खबर ले संस्था प्रति निस्वार्थ लगाब राखेका सम्पूर्ण नेपालीहरुलाई चिन्तित बनाएको अवस्था छ,दसबर्ष सम्म संस्था दर्ता गर्न के साचिकै उपेन्द्र महतो,देवमान हिराचन,जीवा लामिछाने हरुले
नसकेकै हुन् या नचाहेकै हुन् त भन्ने प्रश्न पनि ऐले जनमानसमा गम्भीर रुपमा खडा भएको अवस्था छ भने,संस्था दर्ता पछि शेष घलेको नेत्रित्वो र बिशेष सक्रियतामा सम्पूर्ण गैर्ह आवासीय नेपालीहरुको पशिना समेटिएको सपना बनेर बसेको एन.आर.एन भवन निर्माण सम्पन्न नहुदै आएका बिक्रिका कुरा,भुकम्प पिडितको लागि निर्मित लाप्राक बस्ति निर्माणका बिबिध कुरा अन्य बिचाराधिन अवस्थाका
योजना र समग्र संस्था र रास्ट्रको अहितमा आएका कुराहरु को सत्य तथ्यको बिषयमा ऐलेको अध्यक्ष भबन भट्ट र कार्यसमितिले कुनै ढाकछोपको नियत नराखी छर्लंग संग यथा शिघ्र सबैलाई बुझाउन अत्यन्त जरुरि छ जसले एन.आर.एन.ए को धमिलिन खोजेको छविलाई संग्लो बनाउदै अझ बलियो बनाओस।
अन्त्यमा, एनआरएनए जस्तो स्वयम् सेवी संस्थामा बसेर काम गर्छु भन्दा मानिसहरुको खिचातानी, रस्साकस्सी, पैसा र राजनैतिक शक्तिको प्रदर्शन धेरै मानिसहरुले नबुझेको कुरा हो भन्नु अत्युक्ति नहोला । पदमा जान पाए संसारै जिते जस्तो, नपाए अाकासै खसे जस्तो मानसिकताले ग्रस्त मानिसहरु एनआरएनए विश्व सम्मेलनको आसपासमा यत्र तत्र भेटिन्छन् । आखिर यो सबै के का लागि ? राजनैतिक
पृष्टभूमि र आर्थिक रुपमा सम्पन्न नहुने मानिसहरु यो संस्थामा अट्नै नसक्ने हो ? त्यसै हो भने एनआरएनएको स्थापित मान्यता अनुरुप यो अभियान धेरै अगाडि जानै सक्दैन । एनआरएनएलार्इ रंगी बिरंगी फूलहरुको रमणीय बगैचा जस्तो एउटा समावेसी चौतारी बनाउन सबै जिम्मेवार एनआरएनहरु सतर्क हुनु पर्छ र सोहि अनुसारको नीति नियम बनाउनु पर्छ अन्यथा संस्थाले लिएको उद्देश्य पूर्ति हुने
देखिन्न त्यसैले यस बिषयमा हामी बेलैमा सतर्क हुनु जरुरी छ।

-लेखक एन.आर.ऐन जापानका सल्लाहकार हुन्

Leave a Reply

Top