तोकिवा युनिभर्सिटीले प्रा.डा.शिब कुमार राई र प्रा.डा. ओनो खाजुओ लाई बिशेष सम्मान गर्ने प्रवास समाचार September 22, 2018September 23, 2018 जापानको कोबेमा रहेको तोकिवा युनिभर्सिटीले नेपाल र जापानको शैक्षिक गतिबिधी आदान प्रदानको क्षेत्रमा गरेको योगदानको कदार गर्दै नेपाल मेडिकल कलेजका प्रा.डा.शिब कुमार राई र जापानी नागरिक प्रा.डा. ओनो खाजुओलाई बिशेष सम्मान गर्ने भएको छ ।तोकिवा युनिभर्सिटीले आफ्नो सतवार्षिकीको अबसर तथा तोकिवा युनिभर्सिटी सँग नेपालको मित्रता २०अौ बर्ष पुरा भएको अबसर पारेर आगामी अक्टोवर ७ तारिकका दिन उहाहरुलाई सम्मान गर्न लागेको हो। बिगत २० बर्ष देखी काठमाडौं स्थित हात्तीगौडा सेवा समाज संगको भगिनि सम्बन्ध स्थापना गरी बिभिन्न कार्यहरु गर्दै सन २००२ देखी नेपाल मेडिकल कलेज र तोकिवा युनिभर्सिटीको सहकार्यमा नेपाली र जापानी विद्यार्थीहरुले वार्षिक रुपमा एक आर्काको देशमा गएर प्रशीक्षार्थी स्वयमसेवी रुपमा काम गर्दै आएका छन । यस कार्यमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा नेपाल मेडिकल कलेजका प्रा.डा. शिब कुमार राईले समन्नोयकारी भुमीका निर्बाह गर्दै आउनुभएको छ भने प्रा.डा.ओनो खाजुओले जाइका नामक संस्था मार्फत लामो समय नेपालमा रही स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पुर्याउनु भएको छ । तोकिवा युनिभर्सिटीले हरेक वर्ष गर्दै आइरहेको हेल्थ फेस्टिवल (निशुल्क स्वास्थ परिक्षण कार्य क्रम) आफ्नो शतवार्षिकी तथा नेपाल सँगको मित्रता २०अौ बर्ष पुरा भएको अबसर पारेर सोही दिन अक्टोबर ७ तारिकका दिन बिहान ११ बजे देखि सञ्चालन गर्ने बताइएको छ । यसै बीच सोही दिन सेप्टेम्बर महिनाको १५ तारिक बाट औपचारिक रुपमा शुरु भएको उषा जापानले आफ्नो पहिलो कार्य समिती बैठक पनि बस्ने संस्थाका प्रमुख प्रकाश आचार्यले जानकारी दिनुभयो ।