You are here
Home > प्रवास > जापानको तोकिवा युनिभर्सिटीमा प्रा.डा.शिब कुमार राई सम्मानित

जापानको तोकिवा युनिभर्सिटीमा प्रा.डा.शिब कुमार राई सम्मानित

जापानको कोबेमा रहेको तोकिवा युनिभर्सिटीले नेपाल र जापानको शैक्षिक गतिबिधी आदान प्रदानको क्षेत्रमा गरेको योगदानको कदार गर्दै प्रा.डा.शिब कुमार राई र जापानी नागरिक प्रा.डा. ओनो खाजुओलाई लाई बिशेष सम्मान गरेको छ ।तोकिवा युनिभर्सिटीले आफ्नो सतवार्षिकीको अबसर तथा तोकिवा युनिभर्सिटी सँग नेपालको मित्रता २०अौ बर्ष पुरा भएको अबसर पारेर आगामी अक्टोवर ७ तारिकका दिन सम्मान गरेको हो।उक्त अबसरमा त्तीगौडा सेवा समाजका अन्य पदाधिकारीहरु लाई पनि सम्मान गरिएको थियो ।
कोबे तोकिवा युनिभर्सिटीले बिगत २० बर्ष (सन् १९९७) देखी काठमाडौं स्थित हात्तीगौडा सेवा समाज (Welfare Society) संग भगिनि सम्बन्ध स्थापना गरी वार्षिक रूपमा अल्पकालिन (short-term) जापानी र नेपाली विद्यार्थीहरुको एक्स्चेन्ज लगायेतका बिभिन्न कार्यहरु गर्दै गर्दा सन् २००२ देखी नेपाल मेडिकल कलेज, NITMPHR लगायताका नेपालका संस्थाहरुसंग समेत शैशिक अनुसन्धान तथा सोध गर्दै अाइरहेको छ । यस कार्यमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एबं नेपाल मेडिकल कलेजका प्रा.डा. शिव कुमार राई जो उक्त भगिनि सम्बन्धका नेपाल तर्फका संस्थापक तथा सन् २०११ देखी कोबे तोकिवा युनिभर्सिटीमा भिजिटिङ प्रोफेसर पनि हुनुहुन्छ ले समन्वयकारी भूमिका निर्बाह गर्दै आउनु भएकोछ । त्यस्तै गरी जापान तर्फबाट युनिभर्सिटीका हालै अबकास प्राप्त हुनुभएको प्रा.डा. काजुओ ओनो जो जापान तर्फको संस्थापक समेत हुनुहुन्छ ले समन्वयकारी खेली महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै जाइकाको समेत सहयोग लिएर प्रा. डा. राई सँग नेपालमा थुप्रै शैशिक अनुसन्धानमा सहयोग गरी थुप्रै पुस्तक तथा सोध पत्रहरु संयुक्त रूपमा प्रकाशित गर्नु भएको छ । यसैको आधारमा जापान अाउने नेपाली लागि र नेपालमै अन्य सामाजिक कार्य गर्न हालै कोबेमा उषा जापान(USHA japan) नामक संस्थाको स्थापना समेत भएको छ ।

कार्यक्रममा नेपालको तर्फबाट पनि तोकिवा युनिभर्सिटीका पदाधिकारिहरुलाई धन्यवाद सहित सम्मान गरिएको थियो। कार्यक्रममा नेपाललाई चिनाउने बिभिन्न प्रस्तुती राखिएको थियो।

तोकिवा युनिभर्सिटीले हरेक वर्ष गर्दै आइरहेको हेल्थ फेस्टिवल (निशुल्क स्वास्थ परिक्षण कार्य क्रम) आफ्नो शतवार्षिकी तथा नेपाल सँगको मित्रता २०अौ बर्ष पुरा भएको अबसर पारेर सोही दिन अक्टोबर ७ तारिकका दिन बिहान ११ बजे देखि सञ्चालन गरेको थियो। ।

Leave a Reply

Top