कान्साइमा बिजय दशमी तथा दिपावली सांस्कृतिक कार्यक्रमको तयारी पुरा प्रवास मनोरञ्जन October 11, 2018October 11, 2018 नेपालीहरूको महान चाड बिजया दशमीको तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले आयोजना गर्न लागेको शुभकामना आदान प्रदान तथा रात्रिभोज कार्यक्रमको तयारी पुरा भएको भएको आयोजकले बताएको छ । जपानको कान्साई क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरु बिच बडा दशैको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले आउदो अक्टोबर १५ तारीकको दिन ओसाकाको तेन्नोजीमा अवस्थित वाली टावर होटल एण्ड रिसोर्टमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कान्साइमा क्षेत्रमा नेपालीहरुको सख्या दिनप्रतिदिन बढ्दै गएको परिप्रेक्ष्यमा दसैं तथा तिहारमा बिस्तारै सामुहिक पारिवारिक जमघटको बृहत कार्यक्रम सुन्य जस्तै हुन गएकोले कान्साइबासीको भाबनाको कदर गर्दै सौहाद्रपूर्ण तबरले अग्रजहरुको सल्लाह र सुझाब लाइ सिरोपर गर्दै युवाहरुको नेतृत्वमा नेपालीहरुको महान पर्ब बिजय दशमी को अबसर पारेर यो कार्यक्रम गर्न लागिएको कान्साइ नेपाली सोसाइटीका संयोजक महेश कटवाल ले जानकारी गराउनु भयो। कान्साई नेपाली सोसाइटीको आयोजनामा आयोजित ऊक्त कार्यक्रममा शुभकामना आदान प्रदानको साथै स्थानीय कलाकारको बिबिध प्रस्तुतिको साथमा उपस्थित हुनेहरु लाई आकर्शक गिफ्ट पनी रहने ब्यबस्थापक मध्यका एक सुजन मैनालीले जानकारी दिनु भयो । कायर्क्रम होटलमा हुने भएको र यसको लागि उपस्थित हुनेहरुको संख्या होटल लाइ अग्रिम जानकारी गराउनु पर्ने भएकोले २०१८/१०/१२ भित्रमा उपस्थिति हुनुहुने\हरुले आयोजक समिति लाइ जानकारी गराउनु हुन अनुरोध गरिएको छ। पूर्व जानकारी बिना उपस्थित हुनेहरुलाई सहभागी गराउन् नसकिने प्राबिधिक बाध्यता भएकोले सम्पूर्ण लाई अग्रिम कन्फर्मेसन को लागि अनुरोध गरिएको छ । आयोजक कान्साई नेप्प्लीज सोसाईटी स्थान : वाली टावर रिसोर्ट तेंनोजी मिती :२०१८/१०/१५ सोमबार समय :१८:०० बजे बाट शुल्क : ४५०० एन विद्यार्थी शुल्क: ४२०० एन संपर्क: नरेश शाक्य ०९०-६५९९-००४० सुजन मैनाली ०८०-३११३-९३०३ प्रकाश तुलाधर ०८०-८७३६-६३२७