जेष्ठ नागरिकलाई न्यानो बाँड्दै गैरे सेवा समाज प्रवास समाचार December 6, 2018December 7, 2018 गैरे सेवा समाज जापान भरतपुरले आफ्नो सामाजिक उत्तरदाईत्व अन्र्तगत खाद्यन्न सामाग्री, कपडा तथा बाकस वितरण गरेको संघका अध्यक्ष दिलिप गैरेले जानकारी दिनुभयो । उहाँले जेष्ठ नागरिकलाई हरेक व्यक्तिले हप्ता, महिना वा वार्षिक रुपमा भएपनि एक दिन सहयोगका कार्यक्रम गरेमा हेरचाहमा सहयोग पुग्ने उहाँको भनाई छ । जेष्ठ नागरिकलाई राज्यले विशेष सुविधाको व्यवस्था नगरेकाले बुढ्यौली उमेरमा कष्टकर जीवन व्यतित गर्दै एक्लै बस्नुपर्ने बाध्यता छ । आफ्ना आमाबाबुलाई हरेक नागरिकलले हेरचाह गर्नुपर्ने भन्दै उहाँले बृद्धाश्रममा आउने वातावरणको अन्त्य गर्नुपर्ने बताउनुभयो । गैरे सेवा समाज जापानका संरक्षक टंक गैरेले बृद्धाश्रममा आएर आमाबाबुलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताउनुभयो । उहाँले मानव सेवा गर्नका लागि संस्थाको स्थापना गरिएको बताउनुभयो । २०६८ सालमा स्थापना भएको गैरे समाज जापानले यस अघि पनि विद्यालयका गरिव बालबालिका, बाडिपिडितहरुलाई सहयोग गर्दै आएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बृद्धाश्रम सञ्चालन गर्न कठिन भएकाले नियमिति रुपमा सहयोग गर्न आग्रह गर्नुभयो । देवघाट क्षेत्र विकास समितिद्धारा सञ्चालित देवघाछ समाज कल्याण केन्द्रमा ३० जना जेष्ठ नागरिकले आश्रय लिदैँ आउनुभएको छ । गैरे सेवा समाज जापानका अध्यक्ष दिलिप गैरेको अध्यक्षतामा रहेको कार्यक्रममा शालिकराम गैरे, टिकाराम गैरे, पशुराम गैरे लक्ष्मण गरै, जगपति गैरै, चित्रप्रसाद गैरै, नारायण गैरे लगायतको उपस्थिति रहेको थियो ।