You are here
Home > Uncategorized > माघ १९ गते दक्षिणकाली बोसन महोत्सव (भिडियो)

माघ १९ गते दक्षिणकाली बोसन महोत्सव (भिडियो)

पुस २०, शुक्रबार ।


दक्षिणकाली नगर पर्यटन विकास समितिले आगामी माघ १९ गते शनिबार दक्षिणकाली बोसन महोत्सव आयोजना गर्ने भएको छ ।
दक्षिणकाली नगरपालिका वडा १ का अध्यक्ष जय थापा मगरको संयोजकत्वमा गठित उपसमितिले उक्त कार्यक्रमको सम्पूर्ण तयारी सुरु गरेको छ । पौस २० गते बसेको केन्दिय समिति र उपसमिति विचको बैठकले माघ १९ गतेको मिति तय गरेको हो ।

कार्यक्रमलाई व्यवस्थित र व्यवस्थापन गर्न उपसमिति संयोजक अध्यक्ष मगरलाई स्थानिय संघसंस्था, शैक्षिक संस्था, उद्योग, व्यवसायी, सामाग्री संकलन, होमस्टेको अनुगमन, अतिथी संत्कार, झाँकी, सास्कृतिक कार्यक्रम, प्रचारप्रसार लागायतको लागी केन्द्रिय तथा उपसमितिसँग समन्वय गर्न नगरपालिका प्रमुख तथा पर्यटन विकास समितिका संयोजक मोहन वस्नेतले निर्देशन दिनु भयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख, प्रशासन प्रमुख, पर्यटन बोर्डका केन्द्रिय सदस्यहरु, मिडियाकर्मी, स्थानिय उपसमितिका सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भयो । कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अन्य नगरवासिहरुलाई सहकार्य गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रमको मुख्य आर्कषणहरुमा, एकै पटक ४ वटा होमस्टेको संयुक्त उद्घाटन, ऐतिहासिक चम्पादेवी र बोसन डाडाको महत्वसम्बन्धी प्रदर्शनी, दक्षिणकाली नगरभित्रका एतिहासिक पर्यटन स्थानको घोषणा, चर्चित राष्ट्रिय कलाकाहरुको गायत तथा आकर्षक नृत्यहरु, स्थानिय परिकार, स्थानिय झाँकी प्रदर्शन, लोक दोहोरी लागायको प्रस्तुती रहने छ ।

 

Leave a Reply

Top