एन आर एन कान्साइले “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस”मनायो प्रवास समाचार January 3, 2019January 3, 2019 एन आर एन कान्साइले नेपाली पहिचान बोकेको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य रुपमा मनाएको छ ।बिगत केही बर्ष देखी नागरिक स्तरबाट मनाउन थालिएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस १ जनवरी २०१९ मा सांस्कृतिक कार्यक्रम सहित अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको हो । एन आर एन कान्साइका संयोजक प्रेम प्रसाद कंडेलको सभापतित्त्व तथा उप संयोजक कृष्ण शर्मा गैरेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा निबर्तमान एन आर एन आइसिसी सदस्य तथा एन आर एन ए जापानका सल्हाकार तुल्सिराम खरेल प्रमुख अतिथी,एन आर एन जापानका सल्हाकार नरेन्द्र बस्नेत बिशेष अतिथी तथा बिशिस्ठमा एन आर एन जापानका मानार्थ केन्द्रिय सदस्य आत्माराम शर्मा गैरे तथा अतिथिहरुमा एन आर एन जापानका मानार्थ केन्द्रिय सदस्य टिकाराम कंडेल लगाएतलाई एन आर एन कान्साइले टोपी उपहार दिएर उक्त दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिबस मनाइएको हो । आगामी बर्ष देखी जनवरी १ मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसकलाई बिशेष तरिकाले मनाउने एन आर एन कान्साइका संयोजक प्रेम प्रसाद कंडेलले बताउनु भयो । यस् अघी कार्यक्रम उपथिती जनाउदा नेपाली टोपिमा उपस्थिती जनाइदिनुहुन आयोजकले अनुरोध गरेको थियो। बिशेष अबसरमा मात्र नभएर सम्भाबना भएसम्म आफ्नो पहिचान झल्किने नेपाली टोपी बिदेसमा लगाउदा राष्ट्रियताको सम्मान हुनुका साथै नेपाली टोपिको प्रचार गर्न सकिने ग्रुपका प्रमुख दिलिप कंडेको बताउनु भयो । आफ्नो पहिचान बोकेको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अबसरलाई सांस्कृतिक कार्यक्रम संगै मनाउन पाउनु आत्म गौरबको कुरा भएको बताउदै एन आर एन जापानका सल्हाकार नरेन्द्र बस्नेत दिनेशले अन्तर्राष्ट्रिय नेपाली टोपीको महत्त्वको बारेमा प्रकाश पार्नु भएको थियो । सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रुपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिन भनि सबैलैलाई नेपाली टोपी लगाउन आह्वान गरि यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो | उक्त सामाजिक संजालका सस्थापकहरु द्वय सस्थापक द्वय डा. लेखनाथ काफ्ले, ताइवान र शंकर बन्जाडे रहेका छन् । “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।