अज्ञात समूहद्वारा तोडफोड काठमाडौंको फोहोर बोकेका गाडी समाचार August 9, 2022August 9, 2022 २४ साउन, काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्धारा तोडफोड भएको छ । सिस्डोल(बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बतानु भउको छ । फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुनस् समस्या देखिएको छ ।स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो । तर, पछिल्लो समय पुन स्थानीयवासीले आफ्ना मागबारे बेवास्था गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।