You are here
Home > प्रवास > तीन महिना देखी नवनीत जोशी जापानमा बिरामी,सहयोगको लागि जापानवासी नेपालीहरुलाई आग्रह

तीन महिना देखी नवनीत जोशी जापानमा बिरामी,सहयोगको लागि जापानवासी नेपालीहरुलाई आग्रह

सेन्दाई, जापान ।
३ वर्ष अघि जापानमा अध्ययन गर्न आएका पदम राज जोशीका एक्लो छोरा नवनीत जोशी जापानको सेन्दाइस्थित तोहोकु युनिभर्सिटी अस्पातलमा विगत ३ महिनादेखी जीवनमरणसँग छट पटाइ रहेका छन ।
जापानमा पनि कोही आफन्तहरु नभएको तर सँगै कोठामा बस्ने साथीले हस्पिटल सँगै समन्वय गर्दै आएका छन ।
महेन्द्र नगर, कन्चनपुर निवासी २७ वर्षिय जोशी सेन्दाइस्थित khadaan Automotive Technical Engineering कलेजमा अध्ययन सके पस्चात स्योस्युकु ( कम्पनी कर्मचारी ) गर्ने तयारी रहेको बेला अचानक बिरामीमा परेका हुन ।
स्पाइन ट्युमर रोगका कारण उनको शरीर भरी व्याक्टेरिया फैलिएर ढाडदेखी खुट्टा सम्म काटेर शल्यकृया गरेको अवस्थामा उनलाई खुवाउने , दिशा पिशाब गर्न पनि सहयोगी चाहिने भएको छ ।
नेपालदेखी पटक पटक बाबु आमाले पठाएको पैसा पनि सकिएकोले यही डिसेम्बर १० तारिखभित्र १० मान जसरी भए पनि असुल गर्नु पर्ने हस्पिटलले जिकिर गरेको जानकारी आएको छ ।
विरामी जोशीले होकेन अर्थात जीवन विमा गरेको भए पनि उपचार पद्दति महङ्गो भएकोले जापान स्थित दाजु भाई दिदी बहिनी , संघ संस्था तथा एनआरएन जापानलाई सहयोगको लागि हार्दिक अपिल गरेको छ ।
उनको खाता न् यस प्रकारको छ ।
पोस्ट बैंक :
१८१४० – ३६९४ ५९८१
Name: Nawneet joshi (यो विरामी आफैको एकाउन्ट न. हो )

Leave a Reply

Top