You are here
Home > Uncategorized > सफा सुनौलो नेपालले सम्पन्न गर्यो स्वरोजगार मूलक तालिम

सफा सुनौलो नेपालले सम्पन्न गर्यो स्वरोजगार मूलक तालिम

  • दिपक लामिछाने

महिला तथा बालबालिका मन्त्रि थममाया थापाले महिलाहरु शिक्षा र सिप अग्रसर रहदै गएको बताइन ।

राजधानिमा तिब्बत यूनिभर्सिटी, गुड्विल फाउण्डेशन र सफल सुनौलो नेपालले आयोजना गरेको एक महिने सिलाई बुनाई कार्यक्रमको समापनमा बोल्दै मन्त्रि थापाले वर्तमान समयमा महिलाहरु शिक्षा र सिपमा आफुलाई अग्रसर बनाउन लागीरहेको धारणा व्यक्त गरिन । उनले चाइनिज सरकारले स्वरोजगार मूलक तालिम प्रदान गरेकोमा नेपाल सरकारले आगामी दिनमा पनि सहकार्य गर्दै जाने बताइन् ।

समाज कल्याण परिषद नेपालका विर बहादुर थगुनाले हिजो सम्म शिपको अभाव रहँदा र आज तालिम पछि को अवस्थामा फरक रहने बताए । शिपबाट सक्षमता बढाउने हुँदा यसलाई निरन्तरता दिन आग्रह गरे ।


कार्यक्रममा बोल्दै चाइनिज एम्बेसिका काउन्सेलर ज्हङ फ्यानले नेपाली महिलाहरुका लागी निरन्तर यस्ता कार्यक्रमलाई प्रोत्साहन दिन चाइनिज एम्बेसि निरन्तर लागी रहने बताए ।

तिब्बत यूनिभर्सिटी टिएआर का सेक्सन चिफ तुदेङ्केज्हुले नेपाल सरकार, समाजकल्याण, महिला तथा बालबालिका मन्त्रालयले यस संस्थाले गरेको कार्यक्रमलाई सहयोग र साथ दिएकोमा खुशी व्यक्त गरे ।

तिब्बत बाणिज्य विभागका सेक्शन प्रमुख (टिएआर) बेइन्ज्हेनले तालिमबाट दिक्षित हुनभएका सबैमा शिपलाई निरन्तरता र व्यवहारमा उतार्न अनुरोध गरिन् ।

५६ जना सहभागी रहेको तालिम एक महिना संचालन गरिएको थियो । सो तालिममा सिलाइ, बुनाई र धागो बनाउने प्रशिक्षण दिइएको सफा सुनौलो नेपालका अध्यक्ष राकेश हमालले बताए । तालिममा सहभागी मध्ये ३२ जनाले सिलाई मिसिन, सिलाई धागोका साथ प्रमाणप्रत्र प्राप्त गरेका थिए । तालिम किर्तिपुर नगरपालिका वडा ६ को सहकार्यमा संंचालन भएको थियो ।

Leave a Reply

Top