पीडाको गीत साहित्य August 14, 2021 –गोविन्दबहादुर कुँवर तपाईँसँग पीडा छ मसँग पीडा छ उहाँसँग पनि पीडा छ यसरी हामी सबैसँग पीडा छ त्यो भित्र कतै बसेको हुन्छ थपक्क त्यसैले सकभर अनुहारमा देखिन्न जतन गरेर बाधिँएको छ मनको बाँधले त्यो र त हत्पति कतै पोखिन्न पीडा विनाको को छ र खै यो दुनियाँमा ? पीडा छैन भने पनि कतै न कतैबाट एउटा न एउटा आफैंले खोजेर ल्याउँछ मान्छेले किनभने बाँच्नै सक्तैन ऊ पीडा विना भिरालो सतहमा बगेको पानीजस्तो मनको गहिरो खोंचमा त्यो कतै न कतै अलिकता भए पनि थेग्रिएर बसेको हुन्छ पीडामा शक्ति छ या उर्जा ? मलाई त भन्न मन लाग्छ कहाँ छैन पीडा ? घरमा, देशमा जङ्गलमा, समुन्द्रमा मनमा, आकाशमा र समयका हरेक काल-खण्डमा ! भोटेओडार, लमजुङ