You are here
Home > खुसी बाँडे खुसी बढ्छ > एनआरएनए कान्साईले छात्रवृत्रि आवेदन सार्वजनिक गर्ने

एनआरएनए कान्साईले छात्रवृत्रि आवेदन सार्वजनिक गर्ने

दीप्श्री अन्लाईन,कान्साइ, जापान

एनआरएनए कान्साईले स्थापना गरेको एनआरएनए कान्साई छात्रवृत्रिको विवरण अनलाइन प्रेस मिटमार्फत सार्वजनिक गर्ने भएको छ।
सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरिएको थियो।

शिक्षाको महत्वलाई उजागर गर्दै नेपालका विकट तथा दुर–दराजका बस्तिहरूमा शिक्षा आर्जन गर्न बाल–बालिकाहरूलाई सहज बनाउन २ वर्षका लागि वार्षिक दश हजार बराबरको छात्रवृति एनआरएनए कान्साईले प्रदान गर्ने जनाइएको छ ।

नेपाल पत्रकार महासंघ जापानमा आबद्ध सम्पूर्ण पत्रकारतथा जापानमा रहेर पत्रकारिताको क्षेत्रमा निरन्तर आफ्नो कलम चलाउनुहुने पत्रकार एनआरएनए अभियान्ता बुद्धीजिवी तथा आम जापानवासी हरूको गरिमामय उपस्थितीका लागि हार्दिक अनुरोध समेत गरिएको छ । शिक्षा नै सबैभन्दा ठूलो धन हो र शिक्षित समुदाय बिना कुनै पनि देशको विकास र परिवर्तन सम्भव छैन भन्ने मान्यतालाई शिरोधार्य गर्दै एनआरएनए कान्साईले विभिन्न रचनात्मक कार्य गदैं आइरहेको एनआरएनए कान्साई संयोजक दिलिप शर्माले बताउनुभयो ।

Leave a Reply

Top