You are here
Home > समाचार > बागमती प्रदेशको उज्यालोसँग लघुकथा कार्यक्रम सम्पन्न

बागमती प्रदेशको उज्यालोसँग लघुकथा कार्यक्रम सम्पन्न

रामकुमार पण्डित क्षेत्री,
लघुकथा समाज नेपालको तेह्रौँ वार्षिकोत्सवको अवसरमा बागमती प्रदेश (लघुकथा समाज)ले आयोजना गरेको उज्यालोसँग लघुकथा कार्यक्रम वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनज्यूको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यम गुगल मिटबाट भाद्र ८ गते सम्पन्न भयो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रसिद्घ लघुकथाकार ध्रुव मधिकर्मी तथा पूर्व मन्त्री एवं लघुकथा समाज गण्डकी प्रदेशका अध्यक्ष त्रिलोचन ढकाल थिए । कणाली प्रदेश(लघुकथा समाज)का अध्यक्ष मणिकुमार पोखरेल, लुम्बिनी प्रदेश(लघुकथा समाज)का अध्यक्ष वनमाली निराकार, प्रदेश १(लघुकथा समाज)का अध्यक्ष ममता मृदुल, सुशेली साहित्य समाज फर्पिङका अध्यक्ष आवेश मिश्र, दीपश्री क्रियटिभ मिडियाका अध्यक्ष पुरुषोत्तम लामिछाने, गङ्गा पौडेल कर्माचार्य र ललिता दोषी अतिथिको रूपमा थिए ।
भौतिक रूपमै नेपालकै पहिलो जलविद्युत आयोजनास्थल फर्पिङमा कार्यक्रम गरिने भनिएकोमा कोरोना बढेको कारण सम्भव नभएकोले भर्चुअल माध्यमबाट गरिएको थियो । फर्पिङको पहिलो उज्यालोस्थललाई संस्मरण गर्दै उज्यालोसँग लघुकथा कार्यक्रम गरिएको जानकारी कार्यक्रमका सभापति एवं बागमती प्रदेश(लघुकथा समाज)का अध्यक्ष ड. विदुर चालिसेले गराए । कार्यक्रममा स्वागत मन्तव्य बागमती प्रदेशका उपाध्यक्ष शेखरकुमार श्रेष्ठले दिएपछि निम्न बमोजिमका लघुकथाकारहरूले लघुकथा वाचन गरेका थिए ।
रीता बलामी, चन्द्रलाल तामाङ, शेखर अर्याल, सविता के.सी., ललिता दोषी, त्रिलोचन ढकाल, मणिकुमार पोखरेल, सत्या अधिकारी, वनमाली निराकार, रन्जना पराजुली,गङ्गा पौडेल कर्माचार्य, निर्मला बराल, शेखरकुमार श्रेष्ठ, टीकाराम रेग्मी, रामकुमार पण्डित, डा. विदुर चालिसे, राजु क्षेत्री अपूरो, ममता मृदुल, लक्ष्मीप्रसाद पौडेल, मिलन समीर, वन्दना घिमिरे, सीता कार्की, रजनी खत्री, मिसु थपलिया ।
कार्यक्रमका विशिष्ट अतिथि ध्रुब मधिकर्मीले वर्तमान परिप्रेक्षमा लघुकथारहरूका प्रवृत्ति र चुनौती विषयमा सारगर्भित मन्तव्य राखेका थिए । त्यस्तै प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले कालजयी लघुकथा लेखिनुपर्ने धारणा व्यक्त गरे । यस क्रममा उनले भारतमा चर्चित एउटा लघुकथा उदाहरण पेश गरेका थिए । बर्तमान समयमा अन्य विधाको तुलनामा लघुकथाकारहरू बढेको, अब उनीहरूले सङ्ख्यात्मक भन्दा गुणात्मक सिर्जना गर्नुपर्ने बताए । मुलुकमा लाखौ रुपियाँ पुरस्कार दिने संस्थाले समेत आफ्नो स्थापना दिवस मुश्किलले एकदिन मात्र गर्ने गरेको सन्दर्भमा लघुकथा समाजले एक हप्तासम्म आफ्नो स्थापना दिवस मनाउँदै आएको र यो देशको सातै प्रदेशमा स्थापना हुनुको अतिरिक्त विदेशमा समेत समाजको शाखा स्थापना हुनुले सबै लघुकथाकार एवं नेपाली साहित्यकारहरूले गौरव गर्न लायक भएको चर्चा गरे ।
कार्यक्रमको अन्त्यमा सुशेली साहित्य समाजका अध्यक्ष आवेश मिश्रले धन्यवाद ज्ञापन गरे भने फर्पिङको स्थानीय परिवेश र राष्ट्रिय पक्षलाई एकसाथ जोड्न सफल भएकोले यो कार्यक्रम महत्वपूर्ण भएको भनाइ राख्दै सभापति डा. विदुर चालिसेले कार्यक्रम समापन भएको जानकारी दिए । कार्यक्रम बागमती प्रदेशका सचिव रामकुमार पण्डित क्षेत्रीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Top