You are here
Home > विविध > उपत्यकाभित्रै सुविधा सम्पन्न‘ओल्डेज होम’ सञ्चालन

उपत्यकाभित्रै सुविधा सम्पन्न‘ओल्डेज होम’ सञ्चालन

बैशाख,काठमाण्डौं । ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी काठमाण्डौ उपत्यकामा सुबिधा सम्पन्न सःशुल्क ओल्डेज होम संचलानमा आएको छ ।

बर्तमान नेपाली समाजको ब्यस्त जीबनशैलीले स्वदेश या बैदेशिक रोजगारी कारण बुबा आमा तथा ज्येष्ठ अभिभावकहरुलाई आवश्यक समय दिन कठिनाई भइरहेको अबस्थामा आफ्नो बृद्ध बुवा आमालाई यथोचित हेरविचार गर्ने समय र तिब्र व्यस्तता तथा भौगोलिक दूरी लगायतको अवस्थालाई ध्यानमा राखी ज्येष्ठ नागरिकका बारेमा लामो अध्ययन अनुसन्धान पश्चात काठमाण्डौ उपत्यका भित्र शान्त र रमणीय बातावरणमा पंचावती होम ज्येष्ठ नागरिक आवाशगृह शःशुल्क संचालनमा आएको हो ।

काठमाडौं नजिकै सुन्दर स्वच्छ वाताबरणमा ज्येष्ठ नागरिकहरुका लागि लक्षित गरि दश रोपनी क्षेत्रफलमा पंचावती होम नामक सुबिधा सम्पन्न आवास गृह संचालनमा आएको हो ।
योगा,ध्यान तथा अन्य धार्मिक कृयाकलाप, प्रबचनबाट मनलाई शुद्ध र शान्त बनाउने समय तालिका अनुसारको आहार बिहारको उचित प्रबन्ध सहित जीवनको उत्तरार्धलाई सकृय र सहज रुपमा उत्साहित जीवनयापन गर्ने उपयुक्त स्थानको रुपमा रहेको पंचावती होमका निर्देशक हेमराज गौतम बताउँछन् ।

ब्यस्त जीवनशैलीका कारण चाहेर पनि आफ्ना बाबुआमा तथा ज्येष्ठ नागरिकहरुलाई उचित समय दिई रेखदेख गर्न कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गरि घरायसी बातावरणमा आरामदायी र सुरक्षित बसोबास उचित प्रबन्ध सहित संचालित यस आवास गृहमा आवस्यकता अनुसार छोटो तथा लामो अवधिका लागि बसोबास गर्न सकिनेको साथै डे केयर सेवा समेत उपलब्ध रहेको बताइएको छ ।
ज्येष्ठ नागरिकहरुलाई काठमाडौँमा स्तरिय सुबिधा सम्पन्न शःशुल्क आश्रम तथा आवास गृहको अभाब देखेर विदेश बसेको अनुभब संगालेका र त्यहाँको आश्रमहरुलाइ पनि नजिकबाट नियालेका व्यक्तिहरुको समुहले चाँगु नारायण– ताथली भक्तपुरमा पंचावती होम संचालनमा ल्याएका हुन् ।


सुरक्षित बसोबासको साथै शान्त र स्वच्छ बातावरण,स्वस्थ तथा पौष्टिक खानाको प्रबन्ध,सिंगल तथा डबल बेडका आरामदायी कोठाहरु, टिभी, इन्टरनेट, अटेच्ड ट्वाइलेट बाथरुम तथा चिसो तातो पानीको व्यवस्था,चौबिसै घण्टा सुरक्षा व्यवस्था तथा सिसिटिभीबाट निगरानी, आवस्यकता अनुसार यातायातको व्यवस्था, निजी अर्गानिक गार्डन, स्वास्थ्य परिक्षण, योग, ध्यान तथा खेलकुद पंचावती होमको बिशेषता रहेको सञ्चालकले जनाएका छन् ।

ज्येष्ठ नागरिकहरुको सुबिधाको लागि चौबिसै घण्टा नर्स,नियमित स्वास्थ्य जाच डाक्टर अन कलको व्यवस्था सहित वहाहरुको स्वस्थ र मनोरम दिनचर्याको लागि नियमित तालिका बनाएर विभिन्न खेलकुदहरु खेलाउने र आबस्यकता अनुसार धार्मिक भ्रमण गराउनुको साथै आधुनिक समयका बालबालिकाहरुलाई खेती पातीको बारेमा ज्ञान दिलाउने र ज्येष्ठ नागरिकहरुसँग पनि अन्तरक्रिया गराउने उद्धेस्य सहित,पंचावती होम भित्रैको आफ्नै एग्रो गार्डेनमा मोंन्टेसोरी र प्रि–स्कुल तहका नानिहरुलाई पंचावती होममा भिजिट गराउने व्यवस्था पनि गरिएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Top