You are here
Home > प्रवास > जापानको ओकायामामा पहिलो पटक भब्य तीज बिशेष कार्यक्रमको आयोजना हुँदै

जापानको ओकायामामा पहिलो पटक भब्य तीज बिशेष कार्यक्रमको आयोजना हुँदै

दीप्श्री अन्लाईन/ ओसाका

नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अबसर पारेर ओकायामा नेपाली समाज जापानले २०२३ सेप्टेम्बर महिनाको १५ तारिक सांस्कृतिक कार्यक्रम आयोजाना गर्ने भएको छ।समाजले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ।
कार्यक्रममा कलाकारहरु सुर्य खड्का,काजल गुरुङ, सुशीला गौतम लगाएतको बेजोड प्रस्तुती रहने छ।कार्यक्रममबाट संकलन गरिएको रकम खर्च कटाएर नेपालका असाहाय बालबिलेकाको शिक्षामा सहयोग गरिने बताइएको छ । ओकायामा नेपाली समाजको स्थापना बिक्रम सम्वत् २०७३ पौष १७ गते अर्थात् सन् २०१६ जनावरी १ तारिकका दिन ओकायामामा बसोबास गर्नु भयका नेपाली दाजुभाई दीदीबहिनीहरु बाट स्थापना भएको हो ।

ओकायामा सहित जापान र नेपालमा भैपरी आऊने समस्या बाढी पहीरो भूकम्प बालबालिका असाहाय दिनदुखी असाहाय बृद्धब्रिद्वहरु लगाएत समस्याहरुमा पर्नु भएका नेपालीहरुको लागी सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको संस्थाका अध्यक्ष प्रेम प्रसाद आचार्यले जानकारी दिनु भयो।हाल सम्म यस सस्थाले धेरै सहयोग गरिसकेको अध्यक्ष आचार्यको भनाइ छ।

कार्यक्रमले जापानीहरुमाझ नेपाली संस्कृतिको विकास प्रवर्द्धनमा सहयोग गर्ने भएकोले पनि नेपाली समुदायको उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।

Leave a Reply

Top