You are here
Home > प्रवास > एनआरएन कान्साईले बिजया दशमीको अबसरमा दशै टिका ग्रहण तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने

एनआरएन कान्साईले बिजया दशमीको अबसरमा दशै टिका ग्रहण तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने

एनआरएन जापान,कान्साई क्षेत्रीय समितिले बिजया दशमी २०७६ को अबसरमा दशै टिका ग्रहण तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ ।आफ्नो वाध्यता र परिस्थितिले विदेशीनु परे पनि आफ्नो रीति रिवाज,चाड पर्व र परम्परा लाई नरन्तरता दिन तथा कान्साइमा  रहेका नेपाली लाई आफ्नो घर आँगन,ईष्टमित्रको कमि महशुस हुन नदिनका साथै आपसी सद्भभब र भाईचारलाई अझै प्रगाढ बनाउन  बडा दशैको टिकाको दिन परेर एनआरएन कान्साईले पण्डित खिमानन्द शर्मा बाट  टिका लगाउने   तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्न लागेको एन आर एन कान्साइका उपसंयोजक दिलिप गैरेले जानकारी दिनु भयो । कार्यक्रममा निःशुल्क खानाको ब्यबस्थापन गरिएको जानकारी दिदै एन आर एन कान्साइले  कान्साइमा रहनु हुने सम्पूर्ण नेपाली हरुलाई उपस्थीती जनाइदिनुहुन अनुरोध गरेको छ ।

विस्तृत जानकारी यस प्रकार रहेको छ :

मिती:२०१९-१०-८ तारिक

समय:दिनको २:०० बजेदेखि साँझ १८:०० बजेसम्म

स्थान:ओसाका सि निसी कु किताहोरी १-१६-१८ (विन्दु क्याफे)Osaka shi Nishi ku kitahorie 1-16-18 Bindu cafe

नाविको लागि:०६६५३८०६७७

 

Leave a Reply

Top