कान्साईमा तीन दिने बायोमेट्रिक राहदानी तथा काउन्सुलर सेवा कार्यक्रम सम्पन्न प्रवास समाचार November 3, 2025November 4, 2025 ओसाका, नोभेम्बर ३ । जापानका लागि नेपाली राजदूतावास, टोकियोको आयोजनामा र गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान तथा एनआरएनए क्षेत्रीय समन्वय परिषद् कान्साईको सहकार्यमा ओसाकामा सञ्चालन भएको तीन दिने बायोमेट्रिक राहदानी तथा काउन्सुलर सेवा कार्यक्रम सम्पन्न भएको छ।मिति २०२५ नोभेम्बर १ देखि ३ सम्म च्लेको उक्त कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख/काउन्सेलर हरिहरकान्त पौडेल, द्वितीय सचिव नारायण ज्ञवाली, सहायक कर्मचारी मनिष पराजुली, दिवस ढकाल, र रविन्द्र थापा लगायतको टोली सहभागीता रहेको थियो । उक्त कार्यक्रमबाट करिब ९९८ जना सेवाग्राहीहरूले राहदानी नवीकरण, नयाँ बच्चाको राहदानी, जन्म दर्ता, कागजात प्रमाणीकरण, यात्रा अनुमतिपत्र, वारेसनामा, सम्बन्ध विच्छेद लगायतका विभिन्न दूतावासीय सेवा प्राप्त गर्नुभएको एनआरएनए कान्साईका उपसंयोजक तथा बायोमेट्रिक राहदानी तथा काउन्सुलर सेवा कान्साई संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो। यस अघि कार्यक्रमको उद्घाटनका अवसरमा राजदूतावासबाट आएका उपनियोग प्रमुख/काउन्सेलर हरिहरकान्त पौडेल, द्वितीय सचिव नारायण ज्ञवाली, सहायक कर्मचारी मनिष पराजुली, दिवस ढकाल, र रविन्द्र थापा लगायतको टोलीलाई कान्साई कार्यसमितिले आज एक विशेष समारोहमार्फत स्वागत तथा सम्मान गरिएको थियो। स्वागत समारोहको अध्यक्षता गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समन्वय परिषद् कान्साईका संयोजक भिमबहादुर घर्ती (अनुप)ले गर्नुभएको थियो भने कान्साईका अभिभावक तथा संरक्षक तुलसीराम खरेल कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा विशेष अतिथि रूपमा आईसीसी सदस्य यदुराम सापकोटा, केन्द्रीय उपाध्यक्ष दिलीप कडेल, केन्द्रीय सचिव बिष्णु सापकोटा, कान्साईका अभिभावक आत्मराम गैरे, निवर्तमान उपाध्यक्ष कृष्ण गैरे, र निवर्तमान संयोजक एवं प्रमुख संरक्षक हरिप्रसाद कडेल लगायतको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो। त्यसैगरी, कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका केन्द्रीय सल्लाहकार गौरीशंकर गैरे, सुमित खत्री, केन्द्रीय सदस्य कृष्णप्रसाद भुसाल, डीपी सुरेश सापकोटा, मानार्थ सदस्य बलेन्द्र केसी, कान्साई क्षेत्रीय सल्लाहकार श्याम गिरी, दिलीप गैरे (ओम), मुक्तीराम खरेल, बेदप्रसाद कडेल, पुरुषोत्तम लामीछाने, इन्द्रलाल सुबेदी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले जापानमा रहेका नेपाली समुदायका लागि राजदूतावासबाटै क्षेत्रीयस्तरमा पुगेर सेवा उपलब्ध गराउने पहललाई स्वागत गरेका थिए। यसै अबसरमा एनआरएन जापान कान्साई क्षेत्रीय समितिले एनआरएनए जापानका निवर्तमान अध्यक्ष नविन निउरेर एनआरएनए कान्साईका निवर्तमान संयोजक हरिप्रसाद कँडेललाई सम्मान गरेको थियो।