You are here
Home > खुसी बाँडे खुसी बढ्छ > फेब्रुअरी १७ मा ओसाकामा गलकोट समाज जापानको वृहत रक्तदान कार्यक्रम  हुने

फेब्रुअरी १७ मा ओसाकामा गलकोट समाज जापानको वृहत रक्तदान कार्यक्रम  हुने

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा गरिने वृहत रक्तदान कार्यक्रम अन्तर्गत यहि फेब्रुअरी १७ तारिक अर्थात् बिहिवार जापानको ओसाकामा गरिने रक्तदानको तयारी अन्तिम चरणमा पुगेको छ ।
जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका क्षेत्रीय समिति कान्साइको स्थानीय ब्यवस्थापनमा स्थानको तय समयको निर्धारण, प्रचारप्रसार, सम्भावित रक्तदाताको सूची तयार लगायतका तयारी भैसकेको समाजका क्षेत्रीय समिति संयोजक प्रकाश गैरेले जानकारी दिए ।
जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रम हरु स्थगन भएको र रगत व्यवस्थापनमा रगतको संकलनको मात्रामा कमि देखिएको र रगतको व्यवस्थापनमा सहयोग गर्न रक्तदाताहरुलाई अनुरोध गरिएको कुरालाई मध्यनजर गर्दै समाजले वृहत रक्तदान कार्यक्रम गरि केहि मात्रामा भएपनि योगदान पुर्याऊन लागि कार्यक्रम गर्न लागिएको समाजका उपाध्यक्ष सुमित खत्रीले बताए ।
बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने रक्तदान कार्यक्रम ओसाकाको ओसाका सी जोतो कु मोरिनोमिया २-४-४३ (Osaka shi Joto ku Morinomiya 2-4-43) मा हुने र त्यहा पुग्नको लागि मोरिनोमिया स्टेशनको ४ नम्बरबाट निस्केर ३ मिनेटको पैदल यात्रामा पुग्न सकिने संयोजक गैरेले जानकारी दिए ।

१६ वर्ष पुगेको ७० वर्ष नकाटेको, ट्याटो कम्तिमा १ वर्ष पहिले खोपिएको, कुनै बिरामी परेर पछिल्लो ३ महिना देखि लगातार कुनै औषधि सेवन नगरेको, कुनै बिरामी मानिसबाट रगत लिइ आफ्नो शरिरमा नराखेको, महिलाको हकमा महिनावारीको अवस्थामा औषधि सेवन नगरेको, बाहिरी मुलुकबाट जापान प्रवेश गर्नेहरुको हकमा कम्तिमा ४ हप्ता काटेको, मुटुको धड़कन सन्तुलित भएका र कोरोना संक्रमित भएकाहरुको हकमा पुरा निको भएकोहरूले रक्तदान गर्न सकिने बताईएको छ ।
कोरोनाको यस महामारीका बिचपनि समाजले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरिदिनुहुन सम्पूर्ण ओसाकाबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा समाजले अनुरोध समेत गरेको छ ।

Leave a Reply

Top