You are here
Home > खुसी बाँडे खुसी बढ्छ > ओसाकामा गल्कोट समाज जापानको वृहत रक्तदान कार्यक्रम सम्पन्न

ओसाकामा गल्कोट समाज जापानको वृहत रक्तदान कार्यक्रम सम्पन्न

गलकोट समाज जापान (एनपिओ होउजिन)को आयोजनाकमा जापानको ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।संस्थाले जापानका विभिन्न शहरमा गरिरहेको वृहत रक्तदान कार्यक्रम अन्तर्गत यहि फेब्रुअरी १७ तारिक अर्थात् बिहिवार जापानको ओसाकामा भब्यताका साथ वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजका क्षेत्रीय समिति संयोजक प्रकाश गैरेले जानकारी दिनुभयो।

जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजको क्षेत्रीय समिति कान्साइको स्थानीय ब्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

६५ जना भन्दा बढीको उपस्थीति रहेको उक्त कार्यक्रममा ४४ जनाले रक्तदान गर्नुभएको थियो। बिषेश कारणले गर्दा सबै रक्तदान गर्न इच्छुक भएतापनि ४४ जनाको मात्र गनुपरेको आयोजकले बतएको छ।
प्रारम्भीक चरण देखि हरेक कुरामा साथ समन्वय गर्नुहुने सस्थाका केन्द्रीय सल्लाहकार जगत थापा, कान्साइ सल्लाहकार देबेन्द्र थापा र निरन्तर समन्वय र सल्लाहको लागी केन्द्रीय महासचिब नविन न्यूउरे लगाएत सहयोगी सम्पूर्ण प्रती आयोजकले हार्दिक आभार ब्यक्त गरेको छ।

जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रम हरु स्थगन भएको र रगत व्यवस्थापनमा रगतको संकलनको मात्रामा कमि देखिएको र रगतको व्यवस्थापनमा सहयोग गर्न रक्तदाताहरुलाई अनुरोध गरिएको कुरालाई मध्यनजर गर्दै समाजले वृहत रक्तदान कार्यक्रम गरि केहि मात्रामा भएपनि योगदान पुर्याऊन लागि कार्यक्रम गरिएको समाजका उपाध्यक्ष सुमित खत्रीले बताउनुभयो।कार्यक्रम ओसाकाको ओसाका सी जोतो कु मोरिनोमिया २-४-४३ (Osaka shi Joto ku Morinomiya 2-4-43) मा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिएको समाजका क्षेत्रीय समिति संयोजक प्रकाश गैरेले जानकारी दिनुभयो।

Leave a Reply

Top