You are here
Home > Uncategorized > मिडियाको प्रभाव र प्रयोगसम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

मिडियाको प्रभाव र प्रयोगसम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

  • जया खातुन, काठमाडौं
    इनर हुइल क्लव अफ किर्तिपुरले होटल हिमालयमा मिडियाको प्रभाव, प्रभावकारीता र प्रयोग सम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
    इनर हुइल क्लवको डिस्ट्रक चियरम्यान कमला महर्जन सुवालको प्रमुख आतिथ्यमा सम्पन्न तालिमका प्रमुख चिफ स्पिकर दिपक लामिछाने रहेका थिए । लामिछानेले वर्तमान समयमा मिडियाको अवस्था, यसको प्रभाव र प्रयोगको बारेमा जानकारी गराएका थिए । सोही अभिमुखिकरण तालिममा अर्का स्पिकर अधिवक्ता तथा पत्रकार स्वागत नेपालले पत्रकारिताको वर्तमान आचारसंहिता तथा मिडियाले पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो । इनर हुइल क्लव अफ किर्तिपुरका प्रेसिडेण्ट राज्यलक्ष्मी बैदारको सभापतित्व रहेको तालिममा २० जनाको सहभागीता रहेको थियो । तालिमको प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथी सुवालले व्यक्ति, पद र संस्थामा आवद्ध सबैका लागी यो महत्वपूर्ण तालिम रहेको र यो तालिम पश्चात आफ्नो सामाजिक जिवनशैलीमा परिवर्तन गर्न मद्धत पुग्ने बताइन् । सामाजिक संजाल र मिडिया अहिलेको महत्वपूर्ण पाटो भएकोले यो तालिम प्रभावकारी रहने कार्यक्रमका संयोजक मोहना क्षेत्री खनालले बताइन् । 
    मिडियाले साँच्चै हाम्रो दैनिक जिवनमा प्रभाव पारिरहेको बताउँदै प्रशिक्षार्थी स्वजनराज रघुवंशीले यो अभिमुखिकरण तालिमले हामीलाई अझ मिडियासम्बन्धी सचेत र प्रयोग सम्बन्धी स्पष्ट पारेकोमा खुशी व्यक्त गरे । तालिममा विभिन्न विद्यालयका प्रिन्सिपल, संस्थाका अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Top