राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन समाचार June 15, 2022June 15, 2022 लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठज गरेको हो । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेको सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिनुभयो ।