बागमती सरकारले कृषि अनुदान खारेज गर्ने समाचार June 16, 2022June 16, 2022 २ असार ,काठमाडौं । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०७९र८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदान बाहेक सबै अनुदान खारेज गर्ने घोषणा गर्नुभएको हो । बागमती प्रदेश सरकारले बजारको पहुँच सहजीकरण गर्न जोड दिनुका साथै वास्तविक किसानलाई सहयोग पुर्याउने उद्देश्यले निरब्याजी बीउ पुँजी किस्ताबन्दीमा उपलब्ध गराउन ५० करोड विनियोजन गरेको छ भने अण्डा, माछामासु, आलु, प्याज र अदुवालगायतका वस्तुमा प्रदेशलाई आत्मनिर्भर बनाउन ४४ करोड ५० लाख विनियोजन गरेको छ ।