You are here
Home > साहित्य > तीव्र अनुराग

तीव्र अनुराग

-नेत्र एटम

प्रिय आशा !
पन्छाऊ न बिस्तारै
समयलाई छोपिरहेको यो धुर्मिलो आवरण
खुल्नु छ नि तिमीले त
कति-कति अद्भुत सपनाहरूसित

देखाइदिनु छ आकाशलाई
उसको असीम नग्नतामा
कस्ता-कस्ता अनुभूति फुलिरहन्छन्
मग्न भएर
बताससित लहरिँदै-लहरिँदै
जिन्दगीको लयजस्ता अपूर्ण-अपूर्ण
प्रभाती पवनका यी सप्पै पुष्पहरु…

Leave a Reply

Top