दक्षिणकाली नगरपालिकामा फोहोर प्रशोधन केन्द्र संचालनको तयारी तिव्र विविध May 18, 2019May 18, 2019 जेष्ठ ४ दक्षिणकाली, काठमाडौं । उपत्यका,को दक्षिणी पाटोमा रहेको दक्षिणकाली नगरपालिका आफैमा सुन्दर नगरपालिका हो । प्राकृतिक, साँस्कृतिक, भौगोलीक तथा पर्यटकिय क्षेत्रको रुपमा चिनिने यस नगरपालिकामा बढि मात्रामा धार्मिक दृष्टिकोणले दक्षिणकाली मन्दिरको दर्शनका लागि धार्मिक पर्यटनहरु आउँने गरेका छन् । एतिहासिक हिन्दु स्थल, बौध स्तुपाहरु, एसियाको दोस्रो चन्द्रज्योति पावर हाउँस लगायतको महत्वबोकेको यस क्षेत्रमा बढ्दो जनसंख्याका कारण क्षेत्र भित्र उचित फोहोरमैलाको व्यवस्थापन हुन नसक्दा जथाभावी रुपमा फालिएका फोहोरले नगर क्षेत्र नै कुरुप बन्दै गइरहेको छ । नगर क्षेत्रका फोहोरलाई व्यवस्थापन गर्न स्थापना गर्नुपर्ने प्रशोधन केन्द्रको अभावका कारण फोहोर संकलन गर्ने कार्यमा समेत प्रभावित भइरहेको दक्षिणकाली नगरपालिका प्रमुख मोहन वस्नेतले बताए । जसले गर्दा नगरको फोहोर संकलन कार्य प्रभावित सार्वजनिक स्थल, विद्यालय क्षेत्र, धार्मिक स्थलहरुमा फोहोर फाल्ने प्रवृत्ति नगरबासीमा देखिन थालेको छ । नगरपालिकाले घरेलु, औद्योगिक, रसायनिक, स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैला तथा हानिकारक बस्तुहरुलाई न्यूनिकरण, पुनः प्रयोग, प्रशोधन वा विसर्जन गरी उचित र प्रभावकारी व्यवस्थापन गर्न तथा जन–स्वास्थ्य एवं वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावलाई कम गरी स्वच्छ, स्वस्थ र मनोरम वातावरण कायम गरी सफा, स्वच्छ, हराभरा समृद्ध नगरको रुपमा स्थापित गर्ने प्रयास स्वरुप बैशाख ३१ गते मंगलबारबाट प्रशोधन केन्द्रको स्थापनाको लागि जग्गा भाडामा लिई फोहोरमैला व्यवस्थापनको कार्यको थालनी गरिएको मेयर बस्नेतले जानकारी गराउँदै फोहोर प्रशोधन केन्द्रको स्थापनासँगै केही दिनमानै नगर भित्रका फोहोर व्यवस्थापन हुने दावी गरे ।