You are here
Home > विविध > दुई बर्षे कार्यकाल पुरा भएको उपलक्ष्यमा दक्षिणकालीमा नगर सरसफाइ अभियानको सुभारम्भ

दुई बर्षे कार्यकाल पुरा भएको उपलक्ष्यमा दक्षिणकालीमा नगर सरसफाइ अभियानको सुभारम्भ

बैशाख ३१, दक्षिणकाली,
दक्षिणकाली नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुको २ वर्षे कार्यकाल पुरा भएको उपलक्ष्यमा नगर सरसफाइ अभियान संचालन गरेको छ ।
“स्वच्छ, सुन्दर, फोहोर रहित हराभरा, हाम्रो दक्षिणकाली नगरपालिका अभियान” भन्ने मुल नाराका साथ अभियान संचालन गरेको हो । औपचारिक र खर्चालु कार्यक्रम संचालन गर्नु भन्दा उपलब्धी मूलक काम बाट नगरको विकासमा योगदान पुग्ने हुँदा नगर सरसफाई अभियानको सुरुवात गरिएको दक्षिणकाली नगर प्रमुख मोहन वस्नेतले बताए ।
नगरभित्रको सम्पूर्ण फोहोरहरुलाई व्यवस्थित गरी पुन प्रयोगमा ल्याउन सकिने व्यवस्थापन नगरपालिकाले गरेको बताउँदै धार्मिक, सास्कृतिक र पर्यटकिय नगर आउँने सबैले केही दिनमानै स्वच्छ हराभारा नगरपालिका देख्न पाउँने मेयर वस्नेतले दावि गरे ।
केहि दिन भित्रै नगरको विभिन्न स्थानमा सिसि क्यामरा जडान गरी सुरक्षा र सरसफाइको निगरानी गरिने र सबै वडावासीलाई यस अभियानमा सक्रिय बनाउने उपमियर वसन्ती डंगोल तामाङले बताइन् ।
नगरभित्र कुनै पनि स्थानमा फोहोर फालेको देखिएमा कानुनी दायरामा रही करवाही गरिने नगर फोहोर व्यवस्थापन समितिका संयोजक श्याम वहादुर खत्रीले बताए । पवित्र स्थाल दक्षिणकाली र शिखरापुर नगरी भनेर चिनिने नगरलाई स्वच्छ र हराभारा बनाउन सिंगो नगरवासि लाग्ने पर्नेमा ६ नम्वर वडाका अध्यक्ष शंकर मान महर्जनले जोड दिए ।
नगरपालिकाबाट सुरुवात गरिएको सरसफाई अभियान कार्यक्रममा विभिन्न नारा लेखिएको प्लेटका साथ नगर परिक्रमाका साथै वरिपरिका विभिन्न ठाउमा सरसफाइ गरिएको थियो । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, नगरपालिकका सम्पूर्ण कर्मचारीहरु, सामुदायिक प्रहरी, सहकारी संघसस्था, बुदिजीवी, संचारकर्मी लगायत विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Top