You are here
Home > समाचार > पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई नेपाली जनप्रगतिशील मंच र गलकोट समाज कान्साइले अर्पण गर्यो पुष्पगुच्छा

पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई नेपाली जनप्रगतिशील मंच र गलकोट समाज कान्साइले अर्पण गर्यो पुष्पगुच्छा

२७ असार, काठमाडौं । जापानका लोकप्रिय नेता तथा पूर्व प्रधानमन्त्री शिन्जो आबेको शुक्रबार गोली प्रहारबाट निधन भएको स्थानमा पुगेर नेपालीहरूले मृत आत्मको चिरशान्तिको कामना गर्दै पुष्पगुच्छा अर्पण गरेका छन ।

हत्या गरिएको स्थान नारा प्रान्तको किन्तेत्सु रेलवे कम्पनीको यामातो(साइडाइजी स्टेशन नजिकै आबे ढलेको ठाऊमा पुगी नेपाली जनप्रगतिशील मंच जापान कान्साइ क्षेत्रीय समिति र गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको अध्यक्ष प्रकाश गैरेको टोलीले आइतबार मंच र समाजको नाम अंकित पुष्पगुच्छा अर्पण गरेका हुन ।
आफ़नो कर्म क्षेत्रका लोकप्रिय नेता तथा विदेशी नागरिकलाई समेत आफनै नागरिक सरह व्यवहार गर्ने गरेका जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको सम्मान र उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सो स्थानमा पुगेर जापानी आम नागरिकले जस्तै पुष्पगुच्छा अर्पण गरिएको मंच तथा समाजका अध्यक्ष प्रकाश गैरेले बताउन’ भयो ।

पुष्पगुच्छा अर्पण गर्नका लागि गैरेसहित मंचका सह कोषाध्यक्ष गौरी सापकोटा, समाजका उपाध्यक्ष सुमित खत्री, रामु साहनी, जगत थापा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Top