जापानमा १० औं नेपाल फेस्टिवल फुकुओका अगस्ट ६ मा समाचार July 11, 2022July 11, 2022 २७ असार, काठमाडौं । जापानमा १० औं नेपाल फेस्टिवल फुकुओका(२०२२ु अगस्ट ६ शनिबार हुने भएको छ । गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति, फुकुओका नेपाल सोसाईटीलगायत क्युस्युमा अवस्थित संघ संस्थाहरुको आयोजनामा फुकुओका सहरको तेन्जिन चियो पार्कमा नेपाल फेस्टिवल हुन लागेको हो ।नेपाल फेस्टिवल फुकुओका(२०२२ का संयोजक एवं एनआरएनए क्युस्यु संयोजक अर्जुन थापाले यस फेस्टिवल फुकुओकाको नेपालीहरुका लागि ऐतिहासिक महोत्सवको रुपमा स्थापित भएको उल्लेख गर्नुहुँदै कार्यक्रमलाई भव्य र सभ्य बानाउन सबैको साथ र सहयोगका लागि अपिल गर्नुभएको छ । संयोजक थापाका अनुसार नेपाल फेस्टिवल फुकुओकामा नेपालको विशेषताहरुलाई समेटेर नेपालीपन झल्कने खालका विशेष कार्यक्रम गरिनेछ । फेस्टिवलमा नेपाली मौलिक खाना, नेपालका विभिन्न जात जातिहरुको संस्कृति, भेगीय भेषभुषाको प्रस्तुति र राष्ट्रिय गौरवहरु गौतम बुद्ध, सगरमाथा आदिको प्रचार गर्दै नाचगानसहित मनोरन्जनमूलक कार्यक्रम हुने गरेका छन् । उहाँका अनुसार यस वर्ष जापानमा स्थापित कम्पनीहरुको २१ वटा स्टल बुकिंङ भएको छ । परेड, प्रचारप्रसार, स्वयम्सेवक,आर्थिक संकलनलगायत विविध तयारीहरु व्यापकरुपमा भइरहेको संयोजक थापाले बताउनुभयो । विभिन्न जातीय एवं क्षेत्रीय संघ संथाहरुलाई पनि आफ्नोपन झल्कने तयारी गरी आयोजकलाई सम्पर्कका लागिसमेत संयोजक थापाले अनुरोध गर्नुभएको छ । जापानमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीहरु दाजु भाइ तथा दिदीबहिनी हरुलाई नेपाल फेस्टिबल फुकुओकामा चुले निम्तो गर्न चाहन्छु । यस बिशेष कार्यक्रमलाई सफल बनाउन तपाइँहरुको सहभागिताको साथ साथै सुझाब, सल्लाहको अपेक्षागर्दछु।नेपाल फेस्टिबल फुकुओका पूर्णरुपमा नेपाल चिनाउने पर्व भएको हुँदा तपाई र तपाईका एक जना जापानिज या बिदेशी लिएर आउन अनुरोध पनि गर्दछु । यो बिशेष कार्यक्रम सफल पार्न सहयोगी दाताहरुको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले सम्पूर्ण जापानबासी व्यवसायी, समाजसेवीहरुलाई आफुले सकेको आर्थिक सहयोग लागि पनि अनुरोध गर्दछु ।