You are here
Home > प्रवास > एनआरएनए कान्साइको सफलतापछी कृष्ण शर्मा गैरेको केन्द्रीय कोषाध्यक्षमा दावी

एनआरएनए कान्साइको सफलतापछी कृष्ण शर्मा गैरेको केन्द्रीय कोषाध्यक्षमा दावी

कान्साइ क्षेत्रमा सबैको मन जित्न सफल निबर्तमान संयोजक कृष्ण शर्मा गैरेको केन्द्रीय कोषाध्यक्षमा दावी गर्नु भएको छ ।फेसबुक मार्फत घोषणा गर्नु भएको उहाको उमेद्वारी विवरण र प्रतिबद्धता जस्ताको तस्तै :

सम्पूर्ण जापानवासी दाजुभाई तथा दिदीबहिनीहरूमा नमस्कार।

सन् २००० साल देखि जापान प्रवेश संगै अध्ययनको शिलशिलालाई अघि बढाउने क्रममा क्युश्युबाट आफ्नो अध्ययनलाई निरन्तरता दिदै यामागुचीको यामागुची दाईगाकुबाट “डिपार्टमेंट अफ कम्पुटर साइन्स एंड इन्फोर्मेसन टेक्नोलजीमा “ स्नातक गरि आफ्नै व्यवसाय गर्दै आएको पनि एक दशक भन्दा बढी हुदै गर्दा जापान बसाईलाई चुनौति र अवसर दुवैको रूपमा स्वीकार्दै आएको छु।
सामाजिक प्राणी हुनुको नाताले समाजसंग जोडिएर आफूले जाने,बुझेको र आफ्नो योग्यता अनुरूप केहि देन समाजका लागि दिनुपर्छ भन्ने मूल्य मान्यतालाई शिरोधार्य गर्दै अघि बढिरहेको छु। सानैदेखि अरूको खुशीमा रमाउने,अरूलाई सहयोग गर्न पाउदा आफूलाई छुट्टै आनन्दको अनुभूति हुने मेरो स्वाभाव भएको कारण जहिले पनि सामाजिक काममा अग्रसर भएर लाग्ने गरेको छु।मेरो कामले केहि न केहि रूपमा सबैको भलो होस र अरूलाई कतै ठेस नपुगोस भन्ने कुरामा म सधै सचेत हुने गर्दछु।सामाजिक हुनुभन्दा पहिला व्यक्तिगत स्वभाव र आचरण सहि हुनुपर्छ।त्यसैले म प्रतिको तपाईको आजसम्म जुन किसिमको बुझाई छ राम्रो या नराम्रो त्यसलाई स्पष्ट पार्नका लागि मैले आफ्नो जापानबसाई ,अध्ययन तथा मेरो स्वाभावको बारेमा जानकारी गराए।
नेपालको विकास र प्रवर्द्धनमा टेवा पुर्याउन विश्वका विभिन्न मुलुकहरूमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरूको हित पक्षपोषण गर्न सङ्गठित रूपले अघि बढ्नका लागि सन् २००३ लन्डनमा सम्पन्न गैरआवासीय नेपालीहरूको एक भेलामा व्यापक छलफल भई आफनो समन्वय एवं सञ्चालन गर्न आधारभूत मानव अधिकारप्रति एक जिम्मेवार संस्थाको गठन हुनुपर्ने आवश्यकतालाई मनन गरी एक स्वतन्त्र , गैरनाफामूलक , गैरराजनीतिक , गैरसरकारी , चिरस्थायी एक संघको रूपमा स्थापित गैरआवासीय नेपाली संघको बृहत्तर दायराभित्र रही जापानमा विविध गतिविधि सञ्चालन गर्न सन् २००४ को फेब्रुअरी महिनाको ११ तारिक टोकियोमा सम्पन्न भेलाको निर्णयबमोजिम राष्ट्रिय समन्वय परिषद्को गठन संगै विभिन्न क्षेत्रहरू विस्तार हुने क्रममा २००६ नोभेम्बरको १८ तारिकमा एनआरएनए कान्साई गठन भएको थियो।यस संस्थाको गठनसंगै मेरो सामजिक यात्रा र मेरो योगदान बारे म तपाईहरूलाई निम्न बुंदाहरूबाट जानकारी गराउन चाहान्छु।
*एनआरएन अभियानमा मेरो यात्रा।
१)२०११-२०१३ कार्यकालमा एनआरएनए कान्साईको सदस्य
२)२०१३-२०१५ कार्यकालमा एनआरएनए कान्साईको सदस्य
३)२०१५-२०१७ कार्यकालमा एनआरएनए कान्साईको कोषाध्यक्ष
४)२०१७-२०१९ कार्यकाल एनआरएनए कान्साईको उप-संयोजक
५)२०१९-२०२१ कार्यकाल एनआरएनए कान्साईको संयोजक
लगभग १० वर्षको लामो काल खण्डसंगै यस संस्थामा अनुभव संगाल्दै गर्दा अबको बाटो भनेको केन्द्रीय समिति रहेको र मेरो आफ्नो योग्यता क्षमताको आधार संगै यस अभियानमा लागेका अग्रजहरू तथा शुभ-चिन्तकहरूको सर-सल्लाहलाई मध्य नजर गर्दै २०२१-२०२३ कार्यकालका लागि आधिकारिक रूपमा कोषाध्यक्ष पदका लागि उमेदवारी घोषणा गर्दछु।
मैले आजका दिनसम्म गरेका सामाजिक कामको मूल्यांकन गरि आगामी दिनहरूमा पनि तपाईहरूको सल्लाह सुझाव अनुरूप अगाडी बढ्ने वाचा सहित यहाँहरूले मलाई कोषाध्यक्ष पदमा विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु।यदि २०२१-२०२३ कार्यकालका लागि मलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिनुभयो भने संस्थाको कोष अभिवृद्धि संगै आर्थिक पारदर्शिताका लागि निम्न कार्यवनयन गरि सस्थाको साखलाई उच्च राख्न कटिबद्ध रहनेछु।
मेरा प्रतिबद्धताहरू:
१) एनआरएनए माथि बेला-बेलामा उठी रहने प्रश्नहरू मध्य मूख्य रूपमा रहेको आर्थिक अनियमितताको प्रश्न नआउनेगरि प्रत्येक तिन-तिन महिनामा कोषलाई डेटाबेस गरि सार्वजनिक गर्नेछु।
२) आवश्यकता अनुरूप सम्भावनाको अध्ययन गरि क्लाउड फंडिङ मार्फत कोष अभिवृद्धि संगै यसको उचित व्यवस्थापन गर्नेछु।
३)कोष अभिवृद्धिका लागि विभिन्न अन्तर्राष्ट्रीय संघ-संस्थासंग सहकार्य गर्नुका साथै आर्थिक व्यवस्थापनका लागि आर्थिक नियमावली बनाई कोषलाई चुस्त दुरुस्त रूपमा अगाडी बढाउने छु।
४)कोषाध्यक्षको जिम्मेवारी वहन गर्दै गर्दा कोष अभिवृद्धि तथा यसलाई पारदर्शी गर्नुका साथै भइपरी आउने समस्याहरूको समाधानका निम्ति संस्थाको विधि विधान र जापानको नियम कानुनको परिधिमा रहेर आफूले जाने बुझेको आधारमा निस्वार्थ सेवा गर्ने छु।

Leave a Reply

Top