शुभकामना सहित स्वास्थ्य स्वयम सेविका सम्मानका साथै जेष्ठ नागरिकमा पोषिलो हर्लिक्स र विस्कुट वितरण समाचार November 10, 2023November 10, 2023 दक्षिणकाली नगरपालिका वडा नं ६ ले शुभ दिपावली २०८०, नेपाल सम्बत ११४४ र छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । दक्षिणकाली नगरपालिका नगर प्रमुख मोहन वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ६ मा लामो समयदेखी अनवरत रुपमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका भई लामो समयसम्म सेवा गर्नु भएका कमला कुमारी महर्जन र तारा मानन्धरलाई नगद पन्ध्रहजार, दोसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख मोहन वस्नेतले चाडपर्व एक आपसमा खुशी साटासाट गरि मनाउने पर्व भएको बताउँदै स्वास्थ्य क्षेत्रमा रहि कमला कुमारी महर्जन, तारा मानन्धर लगायत सम्पूर्ण स्वास्थ्य स्वयम सेविकाहरुले गर्नु भएको सेवा प्रति मेयर बस्नेतले प्रशंसा गर्नु भयो । वडा नं ६ दक्षिणकाली नगरपालिकाको मुटुमा रहेको वडा कार्यालय भएकाले विशेष रुपमा चाडपर्व, धर्म, सस्कृति लगायत समाजको सबै क्षेत्रमा वडा नजिक भई काम गर्दै आइरहेको वडा ६ का अध्यक्ष शैलेश मान मानन्धरले बताउनु भयो । आफ्नो वडा भित्र लामो समयसम्म स्वास्थ्य क्षेत्रमा रहि काम गर्नु भएको व्यक्तित्वलाई वडाबाट सम्मान गर्न पाउँदा खुशी लागेको अध्यक्ष मानन्धरले बताउन्ु भयो । कार्यक्रममा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती तामाङ डंगोल, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न संघसंस्थाका पदाधिकारी, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक आमा बुबाहरुको लागि हर्लिक्स र विस्कुट प्रदान गरिएको थियो ।