You are here
Home > प्रवास > गोविन्द प्रसाद सापकोटालाई एन आर एन कान्साइले संकलन गरेको रकम हस्तान्तरण्

गोविन्द प्रसाद सापकोटालाई एन आर एन कान्साइले संकलन गरेको रकम हस्तान्तरण्

विगत २ बर्ष देखि जापान ओसाका सिमीनोओजीमा ईन्डियन रेष्टुरेन्टमा कार्यरत जिल्ला गैंडाकोट न.पा १६ (सविक १७ नं चोक) निवासि गोविन्द प्रसाद सापकोटाको उपचारको लागि एन आर एन कान्साईको पहलमा संकलन गरिएको नगद हस्तान्तरण गरिएको छ । उहाँ अत्यन्त जटिल रोग (दुबै मृगौला फेल साथै लिभरमा पनि समस्या ) बाट ग्रसित अघी ओसाका स्थित ओनो किनेन अस्पातलमा उपचारका लागि केहीदिन आघी आस्पातल रखिएको थियो ।

एन आर एन कान्साईको पहलमा पिडित गोबिन्द सापकोटा बचाऊ अभियानमा संकलन भएको रकम १,७९,४६१ यन संयोजक प्रेम कंडेल , सल्लाहकार तुल्सी राम खरेल ,आत्माराम गैरे, टिकाराम कँडेल ,सदस्य धन प्रसाद सापकोटा , ऋषि राम सापकोटा , मुक्तिराम खरेल, कृष्ण शर्मा गैरे तथा नरबहादुर थापा लगाएत अन्य सामाजिक ब्यक्तित्तोको उपस्थितिमा निज गोविन्द सापकोटा ज्यु लाई हस्तान्तरण गरिएको जानकारी एन आर एन कान्साइले जानकारी दिएको छ । lयस अभियानमा साथ दिनुहुने सम्पूर्णमा एन आर एन कान्साईले हार्दिक धन्यवाद ब्यक्त गरेको छ। l

Leave a Reply

Top