You are here
Home > प्रवास > दीपश्री क्रिएटिभ मिडिया र एनसिसि सेसेल्सको संयुक्त आयोजनामा दुई दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न

दीपश्री क्रिएटिभ मिडिया र एनसिसि सेसेल्सको संयुक्त आयोजनामा दुई दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न

-दीपश्री अनलाइन, काठमाडौं

दीपश्री क्रिएटिभ मिडिया तथा एन.सि.सि. सेसेल्सको संयुक्त आयोजनामा दुई दिने संस्थागत नेतृत्व विकास तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

एन.सि.सि. सेसेल्सका अध्यक्ष बलराम सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, परदेशमा रहेर पनि नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुका साथै सेसेल्समा बसोबास गर्ने नेपालीहरूका लागि आवश्यक परामर्श सेवा तथा विविध समस्याको समाधानको क्षेत्रमा क्रियाशील एन.आर.एन.ए. सेसेल्सका पदाधिकारी तथा सदस्यहरूको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ।

कार्यक्रमकी प्रमुख अतिथि एन.आर.एन.ए. आइ.सि.सि. अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिम्बूले परदेशमा व्यस्त जीवनशैलीका बाबजुद पनि समय निकालेर तालिममा सहभागी भई प्रशिक्षण लिएकोमा सबैलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले नेतृत्व तथा व्यक्तित्व विकास तालिमले व्यक्तिको समग्र व्यक्तित्व र नेतृत्व क्षमताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै एन.सि.सि. सेसेल्सका निवर्तमान अध्यक्ष तथा वरिष्ठ संरक्षक मनोज वि.क.ले संस्थागत सञ्चालनदेखि लिएर व्यक्तिको नेतृत्व विकाससम्म यस्ता तालिम अत्यन्तै उपयोगी हुने उल्लेख गर्नुभयो। उहाँले पदाधिकारी र सदस्यहरूको जिम्मेवारीबोध, तयारी र नेतृत्व क्षमताको विकासका लागि यस्तो तालिम आवश्यक रहेको अनुभव व्यक्त गर्दै आफ्नै विशेष पहलमा तालिम सञ्चालन गरिएको बताउनुभयो।

दुई दिनसम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएको तालिममा नेपालस्थित दीपश्री क्रिएटिभ मिडिया प्रा.लि.का निर्देशक तथा मुख्य प्रशिक्षक दिपक लामिछानेले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक लामिछाने विगत १७ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुका साथै विभिन्न सीप तथा क्षमता विकाससम्बन्धी तालिममा प्रशिक्षकका रूपमा संलग्न रहँदै आउनुभएको छ।

तालिममा संस्थागत नेतृत्व विकास, सफल नेतृत्वका लागि आवश्यक सीप, नेतृत्व सफल तथा असफल हुनुका कारण, नेतृत्वका लागि आवश्यक तयारी, व्यक्तित्व विकासका आधार, पदाधिकारीको जिम्मेवारीलगायत विविध विषयमा सहभागीलार्इ प्रशिक्षण प्रदान गरिएको थियो।

३१ जना सहभागी रहेको उक्त कार्यक्रमको संयोजन एन.सि.सि. सेसेल्सका प्रवक्ता जीवन कुमार महर्जनले गर्नुभएको थियो। कार्यक्रममा एन.सि.सि. सेसेल्सका उपाध्यक्ष एकराज सुवेदी, महिला उपाध्यक्ष पवित्रा भट्टराई, सचिव थानेश्वर तिमल्सेना, केशव बहादुर शाही, कोषाध्यक्ष खड्कराज पुन मगर, सह–कोषाध्यक्ष लहर थापा, प्रवक्ता जीवन कुमार महर्जन, युवा संयोजक राजकुमार गिरी, कार्यसमिति सदस्यहरू भावना श्रेष्ठ, खिल बहादुर तामाङ, प्रास्लिन आइल्याण्ड संयोजक रिपलाल बि.क., माहे आइल्याण्ड संयोजक (लादिक महिला संयोजक) विराट कुमार नेपाली, लादिक आइल्याण्ड महिला संयोजक कल्पना लामा, माहे आइल्याण्ड महिला संयोजक रञ्जिता उपरकोटी, अनुशासन समिति उप–संयोजक नविन आरन, प्रमोद पोखरेल, खेलकुद समिति सदस्यहरू बल थापा, कल्यान रिजाल, शर्मीला तामाङ, सांस्कृतिक समिति सदस्यहरू लक्ष्मी गिरी, दिप्ती राना मगर, कमान सिंह खत्री, तथा सल्लाहकारहरू पंकज श्रेष्ठ, निशा सुनुवार, रामचन्द्र राई, राजेश फस्र्वान, दुर्गा बहादुर थापा, प्रदिप सापकोटालगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Top