You are here
Home > साहित्य > कविता > भोरको दृश्य

भोरको दृश्य

-शिरोमणि महतो

            झारखण्ड, भारत      

घाँडो जसरी

झुन्डिएको चन्द्रमा

आकाशको घाँटीमा

निभे निभे जस्ता ताराहरु

गरिरहेछन् विलाप

परेलाको पातबाट

तप्किरहेछ शीत

भिजिरहेछ निथ्रुक्कै भोर !

 

चराको चिरबिरले

बाख्राले बोलायो

मस्त निदाइरहेको गाईलाई

अनि गाईले रंभाएर

जगायो किसानलाई

सुरु भयो सृष्टिको संलाप !

 

गोरुको काँधमा

हालेर जुवा

किसानले खोल्यो

कर्मको पहिलो पाठ

धर्तीको वदनमा

लाग्यो हलोको फाली

अनि सृष्टिले बाल्यो

अरबौं वाटको बल्ब !

 

सूर्यले पहिरायो

कर्मरत किसानलाई

किरणको जयमाला !

हिन्दीबाट अनुवाद: सुमी लोहनी

                             काठमाडौं

 

Leave a Reply

Top