You are here
Home > प्रवास > जनावरी १ का दिन एन आर एन कान्साइले भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने

जनावरी १ का दिन एन आर एन कान्साइले भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने

बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि अंग्रेजी नयाँ बर्षको अबसर पारेर एन आर एन कान्साइले २०१९ जनावरी १ का दिन कान्साइको ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

दिउसो ४ बजे देखी संचालन हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु हेमन्त शर्मा र प्रिती आले संगै स्थानिय कलाकारहरुले तहल्का मच्चाउने कार्यक्रम संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनु भयो।उक्त दिन कार्यक्रममा उपस्थिती जनाइ सहयोग गरिदिनु हुन एन आर एन कान्साइले अनुरोध गरेको छ भने कार्यक्रम नजुधाइ दिनुहुन अनुरोध गरिएको कार्यबहाक संयोजक प्रेम प्रसाद कंडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Top