You are here
Home > प्रवास > भव्यताका साथ सम्पन्न भयो ओसाकामा आयोजित दुईदिने नेपाल महोत्सव २०२५

भव्यताका साथ सम्पन्न भयो ओसाकामा आयोजित दुईदिने नेपाल महोत्सव २०२५

गल्कोट समाज जापान कान्साई क्षेत्रीय समितिको आयोजना एवं गल्कोट समाज जापानको सहयोग नेपाली राजदूतावास टोकियो जापानको सहकार्यमा र बिभिन्न संस्थाहरुको सह आयोजनामा नेपाल र नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवर्द्धन एवं नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा प्रवर्द्धन गर्ने उदेश्यले २०२५ जुन १४ र १५ तारिख Creative Center Osaka मा आयोजना भएको नेपाल महोत्सब कार्यक्रम भव्य रुपमा समपन्न भएको छ।

महोत्सवको जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्नु भएको हो।

महोत्सवको पहिलो दिन प्रतिकुल मौषमका बावजुद गरिएको उद्घाटन समारोहमा प्रमुख अतिथि समेत रहेका जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानको नेपाली समुदायमा आफ्नो छुट्टै पहिचान बनाएको गलकोट समाज जापानले क्षेत्रीय समिति ओसाकाले नेपाल चिनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आयोजित नेपाल महोत्सव गरिनुले अर्को इतिहास निर्माण गर्न सुरुवात गरेकोमा खुशी व्यक्त गर्नु भयो।

दुई दिनसम्म चलेको उक्त महोत्सवमा उल्लेख्य दर्शकबीच नेपालबाट आमन्त्रित कलाकार विष्णु खत्री, शान्तरानी परियार, रामचन्द्र चन्द ज्योति लोहनी, अनिता चलाउने लगायत जापानबाटै संगीत कर्ममा क्रियाशील सुर्य खड्का, काजल गुरुङसहित नवोदित कलाकारका साथमा जापानी कलाकारहरुको आफ्नो गायकीसहितको प्रस्तुतिले जादु चलाए ।

महोत्सवमा सांगीतिक प्रस्तुतिका साथमा नेपालको नक्सा, ढिकी जाँतो, नेपाली मौलिक घर, डालाडाली, ठेकाठेकी, नेपाली मौलिक वाद्यवादनका सामाग्री, नेपाली स्वादका खानाका परिकार विशेष आकर्षणको रुपमा रहेका थिए। अझ विशेष गरेर नेपालमा रहेका विभिन्न जातजातिको भेषभुषा रहन सहन सहितका झाँकी र नेपाली लोक भजन नौमती पञ्चे बाजाले महोत्सवको रौनक थप्नका लागि सहयोग पुर्याएको थियो।

‘नेपाल महोत्सव २०२५ ’ मा नेपालको भेषभूषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी नेपाल महोत्सव आयोजना गर्न सफल भएको गलकोट समाज जापान कान्साई क्षेत्रीय समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक नरबहादुर थापाले बताउनु भयो।
नेपालको मौलिक रहन सहन विविध खानाका परिकार तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गरि जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउनुका साथै नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन सहयोग पुर्याउन टेवा दिन नेपाल महोत्सव २०२५ सफल जापानी तथा नेपाली अतिथिहरुको प्रतिक्रिया रहेको महोत्सव मूल आयोजक समितिका कार्यक्रम संयोजक सुमित खत्रीको भनाइ छ।

जन्मभूमिमा सामाजिक सेवाका कार्य गर्न जापानमा रहेका विशेषतः गलकोटे मनलाई जोड्ने सेतुको कार्य गलकोट समाज जापानले गरेको र उक्त कार्यमा गलकोटेसहित जापानवासी नेपालीको उत्साहपूर्ण साथ र सहयोग रहेको गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतले बताए ।
२० वर्षअघि जन्मेको गलकोट समाज जापानले जन्मभूमि गलकोट सहित देशव्यापी गरेका मानवीय सहयोग तथा सामाजिक सेवामा गरेका कार्यले प्रसिद्धि कमाएको समाजका संरक्षक मोहन खत्रीको बुझाइ छ।
नेपाल चिनाउने ध्येयका साथ आयोजित महोत्सवमा प्रायोजक अर्थात् इभेण्ट पार्टनरको रुपमा नेपालको ट्राभल्स कम्पनी इन्कवाएरी टुर एण्ड ट्राभल्स, एसबिआइ रेमिट कम्पनी, जापानमा क्रियाशील संघ संस्था, व्यवसायी एवम् व्यक्तिहरूले सहयोगका विभिन्न तहमा रहेर उत्साहपूर्वक आर्थिक सहयोग गरेको समाजका आर्थिक व्यवस्थापन संयोजक गौरी सापकोटाले बताए ।
उद्घाटन सत्रको औपचारिक कार्यक्रमको अध्यक्षता महोत्सव मूल आयोजक समितिका संयोजक नर बहादुर थापा, संचालन महासचिव दिलिप कँडेल, पुरुषोतम लामिछाने, विनिसा सापकोटा र उषा महत स्वागत तथा कार्यक्रमको उद्देश्यसहित संस्थाकोको संस्थागत परिचय गलकोट समाज जापान कान्साई क्षेत्रीय समितिका उपाध्यक्ष सन्देश बुढाथोकीले गरेका थिए ।
दुई दिनसम्म चलेको महोत्सवमा सांगीतिक कार्यक्रमको कार्यक्रम सञ्चालन तथा संयोजन सांस्कृतिक संयोजक तथा गलकोट समाज जापानका सचिव कुलबिर थापाले गरेका थिए।

Leave a Reply

Top