You are here
Home > समाचार > आज मध्यम वर्षाको सम्भावना

आज मध्यम वर्षाको सम्भावना

२६असार,काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।आज आइतबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा सामान्यतादेखि पूर्ण रुपमा बदली रहेको छ ।

आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। देशको पहाडी भू(भाग र बाँकी भू(भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति भने देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू(भागमा भने आंशिक बदली रहनेछ। त्यस्तै, प्रदेश(१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र बाँकी भू(भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Top