You are here
Home > समाचार > भेडापालन व्यवसाय मासिंदै ओखलढुंगामा

भेडापालन व्यवसाय मासिंदै ओखलढुंगामा

२२ असार ,ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको छ । चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको हो ।

राडीपाखी बनाउन प्रयोग हुने ऊनको मुख्य स्रोत मानिएको भेडापालन व्यवसाय अहिले रुम्जाटारका सीमित किसानले मात्रै गर्दै आएका छन् । पहिले गुरुङ समुदायका घरैपिच्छे हुने भेडीगोठ अहिले २ वटामा खुम्चिंएको छ । एकातिर चरन क्षेत्रको अभाव, अर्कोतिर कामदार नपाइने समस्याले यो व्यवसाय संकटमा परेको भेडा व्यवसायी सन्तोष गुरुङले बताउनुभयो ।जंगलमा बसेर भेडा चराउनु पर्ने भेडा व्यवसायीहरुको बाध्यता नै हो । चरन क्षेत्रको अभावकै कारण यहाँका किसानले वर्षामा सोलुखुम्बु तथा हिउँदमा उदयपुर र सिन्धुलीका विभिन्न क्षेत्रमा पुर्याएर भेडा चराउने गरेको भेडा विकास समितिका अध्यक्ष पदमकुमारी गुरुङको भनाइ छ ।भेडापालन व्यवसाय मासिंदै गएपछि ऊनको अभावमा रुम्जाटारका घरेलु राडीपाखी उद्योग समेत संकटमा परेका छन् ।

Leave a Reply

Top