You are here
Home > समाचार > निवार्चनले पढाइमा पारेको असर

निवार्चनले पढाइमा पारेको असर

 त्रिभुवन विश्वविद्यालयले चुनावको छेको पारेर २३ दिन बिदा दिने निर्णय गरेको छ । वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बर्खे बिदा दिने निर्णय गरेको हो । वार्षिक क्यालेन्डरअनुसार त्रिविले जेठ १५ देखि बर्खे बिदा दिने गरेको थियो ।यो अवधिमा त्रिविका कर्मचारीबाहेक विद्यार्थी, प्राध्यापक र ल्याबका कर्मचारीलाई बिदा हुने भएको छ ।

त्रिविका प्रवक्ता योगेन्द्रप्रसाद दाहालले भने विगतमा जस्तै त्रिविले वार्षिक क्यालेन्डरलाई आफ्नो अनुकूल परिर्वतन गरेर बिदा दिने निर्णय गरेको बताए । ‘चुनावमा बिदा दिन माग आयो, कक्षामा उपस्थित हुने विद्यार्थीको संख्या घट्न थाल्यो,’ उनले भने, ‘चुनावले पनि पढाइ प्रभावित हुने र लगत्तै बर्खे बिदा पनि दिनुभन्दा बर्खे बिदालाई नै यता सारिएको हो ।’

विद्यार्थी निर्वाचनका लागि आफ्ना मतदान केन्द्रतर्फ फर्कन थालेपछि विश्वविद्यालयका कक्षाहरूमा विद्यार्थी संख्या घटेको थियो । दूरदराजका विद्यार्थीलाई चुनावमा १/२ बिदा दिएर पुनः बर्खे बिदा दिनुभन्दा एकै पटक बिदा दिने निर्णय गरिएको पदाधिकारीहरू बताउँछन् । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले शिक्षक, विद्यार्थी र सरोकारवालाको आग्रह र सल्लाहमा नै बिदा सार्ने निर्णय भएको दाबी गरे । ‘विद्यार्थीहरूको उपस्थिति कम भयो, चुनावले पनि पढाइ नहुने, पछि पनि बर्खे बिदा दिनुभन्दा पठनपाठनमा क्षति नपुगोस भनेर बिदा सारिएको हो,’ उनले भने ।

Leave a Reply

Top