You are here
Home > प्रवास > चार शहरमा गर्दैछ गल्कोट समाज जापानले नयाँ वर्षको सांगितिक कार्यक्रम

चार शहरमा गर्दैछ गल्कोट समाज जापानले नयाँ वर्षको सांगितिक कार्यक्रम

अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर गल्कोट समाज जापानले जापानका विभिन्न शहरहरुमा सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ।नेपाल बाट ख्यातीप्राप्त कलाकारहरुलाइ निमन्त्रणा गरी बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि जापानका विभिन्न शहरहरुमा कार्यक्रमको आयोजना गर्न लागिएको मूल आयोजक समिती संयोजक भवानी पन्तले जानकारी दिनुभयो ।यस बर्ष डिसेम्बर ३० मा सिजुओका, डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया र जनवरी २ टोकियो कार्यक्रम गर्ने तय भएको बताइएको छ ।

बिगत २००६ साल देखि जापानमा सक्रिय गल्कोट समाज जापान गल्कोट क्षेत्रदेखि जापान आएका सम्पूर्ण गल्कोटेहरुको साझा गैर-नाफामूलक संस्था हो ।

बिगतका बर्षहरुमापनि हरेक बर्ष बिबिध उदेश्यले कार्यक्रम गर्दै आइ रहेको गल्कोट समाज जापानले यो बर्ष गल्कोट क्षेत्रमा शिक्षा स्वास्थ र खेलकुदक्षेत्रमा टेवा पुराउने उदेश्यले यो बर्षको कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिनु भयो ।
खत्रीका अनुसार बिगतका बर्ष जस्तै यो बर्षपनि गल्कोट समाज जापानको बिशुद्ध परोपकारिक कार्यमा जापान बासि नेपालीहरुको अपार मायाँ पाउने र अन्य संघ संस्थालाइ पनि सो मितिमा कार्यक्रम नजुधाई आपसी भाइचारालाइ अझ बलियो बनाउन सहयोग गर्नु हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

अग्रेजी नयाँ बर्षको कार्यक्रम सफल बनाउनको लागि बिभिन्न उपसमितिहरु समेत गरि सकेको समेत जानकारी गराउनु भयो ।

Leave a Reply

Top