You are here
Home > प्रवास > तीजको अवसरमा एनआरएनए कान्साइले अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

तीजको अवसरमा एनआरएनए कान्साइले अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

दीपश्री अन्लाईन ,ओसाका (जापान )।
एनआरएनए जापान,कान्साइ क्षेत्रीय समितिले हरितालीका तीजको अवसर पारेर आगामी सेप्टेम्बर महिनाको ८ तारिक “परदेशमा हुने महिला हिंसा विरूद्ध महिला सशक्तिकरण,सचेतता र सजगताका लागि महिला जागरण” विषयक अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।हरेक वर्ष गरिने तिज कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसपाली अल्ली पृथक तथा कोरोनाको माहामारीलाई मध्यनजर गर्दै समय सापेक्ष रचनात्मक कार्यक्रम  गर्न लागिएको आयोजकले बताएको छ।

कोरोना माहामारीको जटिल अवस्थामा यसपालीको तिजलाई मनोरञ्जनात्मक भन्दा पनि सृजनात्मक तथा रचनात्मक बनाउ भन्ने उद्देश्यका साथ अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएनए कान्साइका संयोजक दिलिप शर्मा गैरेले बताउनु भयो ।

यस कार्यक्रमको संयोजनकारी भूमिकामा रहनुभएकि महिला उप-संयोजक विन्दु ढकालले भर्चुवल माध्यमबाट संचालन गरिने उक्त कार्यक्रममा जापान स्थित नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यता रहने जानकारी दिनु भयो।हिन्दू नारिको महान पर्व तिज विशेषको अबसरमा आयोजना गरिएको शुभकामना तथा अन्तरकृया कार्यक्रमलाई सफल पार्न सम्पूर्ण जापानवासी नेपालीहरूलाई एन आर एन कान्साइकी महिला सदस्य सिमला के सीले हार्दिक अपिल गर्नु भएको छ।

अनिता गुरुङ,कालिका थापा,लक्ष्मी केसी महर्जन र टिका वली अतिथी रहनु हुने अन्तरकृया कार्यक्रमलाई औपचारिक रूपमा संस्थाका सचिव तेज प्रकाश गुरूङले प्रारम्भ गर्नुहुने र शुभकामना तथा अन्तरकृयात्मक भागलाई विन्दु ढकाल र सिमला केसीले संचालन गर्ने गरि तयारी अघि बढीरहेको आयोजक समिती मध्यका एक उप-संयोजक डिल्ली प्रसाद सापकोटाले जानकारी दिनु भयो।

यो कार्यक्रम विशुद्ध नारीहरूको विषयवस्तुमा केन्द्रीत कार्यक्रम भएको हुदा कोहि कतै भ्रममा नपरी कार्यक्रमलाई सफल पार्न सल्लाह ,सुझाव सहितको सकरात्मक र रचनात्मक भूमिका निर्वाह गर्दै एनआरएनए कान्साईको यस नविनतम कामलाई हौसल्ला प्रदान गर्नुहुन संस्थाका अर्का उप-संयोजक नर बहादुर थापाले आह्वान गर्नुभयो।

Leave a Reply

Top