ईन्द्रावती तथा मेलम्चीवासिको घाउमा एनआरएन कान्साइको राहातको मलम प्रवास समाचार June 27, 2021June 27, 2021 एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिले ईन्द्रावती तथा मेलम्ची नदीमा आएको बाढीको चपेटामा परेका स्थानिय वासिकालागि राहात सामाग्री सहयोग गरेको छ । २०७८ साल असार १ गते ईन्द्रावती तथा मेलम्ची नदीमा आएको बाढीले थुप्रै धन जनको क्षति पुर्याएको अवस्थालाई मध्यनजर गर्दै कार्यसमितिको निर्णय बमोजिम नेपाली ३ लाख २० हजार बराबरको राहत सामग्री हस्तान्तरण गरेको एन आर एन कान्साइका संयोजक दिलिप शर्माले जानकारी दिनु भयो। मातृभूमिमा एकातिर कोरोनाले आक्रान्त पारी राखेको विषम परिस्थिति माथि थप पिडा थिपिएको समयमा विदेशमा भएपनि मातृभूमिमा आईपर्ने विपत्तिमा हाम्रो पनि केहि दायित्व र कर्तव्य हुने कुरालाई आत्मसाथ गर्दै दु:खेको घाउमा मलम लगाउने गरि गरिएको राहत वितरण कार्यक्रमबाट वास्तविक पिडित परिवारले थौरै भएपनि राहत महशुस गर्नुभएको छ होला भन्ने विश्वास लिएको एन आर एन ए कान्साइले जनाएको छ । एनआरएनए जापान ,कान्साई क्षेत्रिय समितीको आर्थिक सहयोग त्यसैगरि लायन्स कल्ब अफ काठमांडौ हाईभिजनको प्राविधिक सहयोग रहेको राहत हस्तान्तरण कार्यक्रममा क्षतिग्रस्त स्थानमा प्रत्यक्ष रूपमा लायन्स कल्ब अफ काठमांडौ हाईभिजनका पदाधिकारीहरूले एनआरएनए जापान, क्षेत्रिय समिति कान्साईको तर्फबाट राहत वितरण गर्नुभएको थियो। एनआरएनए जापान, क्षेत्रिय समिति कान्साईका उप-संयोजक डिल्ली प्रसाद सापकोटा (विष्णु)ले यस राहत कार्यक्रमको मध्यस्थ कर्ताको भूमिकामा रहि आफ्नो कार्य सम्पादन गर्नुभएको थियो।