You are here
Home > साहित्य > कविता > ठमेल साँझ

ठमेल साँझ

बाबुराम श्रेष्ठ यात्री

 

ठिङ्ग उभिएर

साधुरा गल्लीहरु

झुन्ड्याएर साइन बोर्डहरु

मूलबाटामा अर्धनग्न

फुस्रा केटाकेटीहरु जमाएर

चर्तिकला हेरिरहन्छ

हरेक पल्ट ठमेल साँझ !

 

छिप्पिदो साँझसँगै

रौनकताले गाँज्छ

‘हार्ड रक’ क्याफेहरु

खचाखच भरिन्छ

ककटेलको स्वादमा

उकुसमकुस पिइदिन्छ

हरेक पल्ट  ठमेल साँझ !

 

खिसिक्क हाँस्छ

लाजसरम पचाउँछ

विदेशी लवज

न्यू एयर, क्रिसमसले

सजिन्छ बरोवर

सभ्यता एक छेउमा

घाउ भएर दुःखिरहन्छ

टुलुटुलु हेर्दै

वेलकम गरिरहन्छ

हरेक पल्ट ठमेल साँझ !

सिन्धुली

 

 

Leave a Reply

Top