You are here
Home > प्रवास > अप्रिल ४ मा ओसाकामा हुदैछ “समृद्ध नेपाल निर्माण, बेरोजगार युवा र युवा परदेशीनुको बाध्यता” विषयक अन्तरक्रिया

अप्रिल ४ मा ओसाकामा हुदैछ “समृद्ध नेपाल निर्माण, बेरोजगार युवा र युवा परदेशीनुको बाध्यता” विषयक अन्तरक्रिया

सेराई किचेन जापानले “समृद्ध नेपाल निर्माण, बेरोजगार युवा र युवा परदेशीनुको बाध्यता” विषयक अन्तरक्रिया कार्यक्रम अप्रिल ०४ मा संचालन गर्ने भएको छ ।

परदेशमा रहेर पनि नेपालको राजनैतिक, सामाजिक, आर्थिक, बढ्दो बेरोजगार, विकास निर्माण आदीमा देखिएको अस्थिरताका विषयमा विभिन्न विषय विज्ञको सहभागीतामा वृहत अन्तरक्रिया गर्न लागिरहेको सेराई किचेन (जापान) को प्रमुख दिलिप कडेलले जानकारी दिनु भयो ।

अन्तरक्रियामा लामो समयदेखी जापानमा बसोबास गर्दै सामाजिक, राजनैतिक, पर्यटन तथा व्यवसायीक क्षेत्रमा आवद्ध रहनुभएका विषयविज्ञ पर्यटन व्यवसायी धुर्व अधिकार, युवा नेता मोहन गौतम, विद्यार्थी नेता मेघनाथ चापागाई र युवा नेता सुदेश पराजुली रहनु हुने आयोजकले बताएको छ ।

अन्तरक्रियामा नेपालको राजनैतिक अस्थिरता, विकास निर्माणमा देखिएको ढिलाई, युवामा देखिएको नैराश्यता, जापानमा रहेका नेपालीको भोगाई आदीका बारेमा छलफल हुनेछ । यहि अप्रिल ०४ गते सेराई किचन, साईन स्टेशनबाट १ मिनेट (क्योतो) मा बेलुकी १८ः०० बजे हुने अन्तरक्रियामा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

 

Leave a Reply

Top