You are here
Home > समाचार > सुसेलीले सम्झियो आमाको महिमा

सुसेलीले सम्झियो आमाको महिमा

सुसेली साहित्यिक प्रतिष्ठान फर्पिङले आमाको मुख हेर्ने पावन अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

दक्षिणकाली नगरपालिका वडा नं ३ अवस्थित सेतीदेवी मन्दिर प्राङ्‌गणमा आयोजित रचना वाचन कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठान उपाध्यक्ष रजनी खत्रीको सभापतित्व रहेको थियो । दक्षिणकाली नगरपालिका वडा नं ४ का वडा अध्यक्ष पुस्कर खड्‌काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा शशी शर्मा अर्याल, श्यामबहादुर खत्री, विनोद महत, रामकुमार बस्नेत, बद्री कार्की, राजकुमार के. सी., उत्तमकुमार के. सी., पोषणमानसिंह बस्नेत लगायतका अगुवा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

पं. जनार्दन पौडेलबाट आमा सम्बन्धि प्रवचनबाट शुरू गरिएको कार्यक्रममा २८ जना श्रष्टाहरूले आफ्ना रचना सुनाएका थिए ।

कार्यक्रममा श्रष्टाहरू उत्तमकुमार के. सी., निरा श्रेष्ठ, जामुन किरण, कविल राणा, सुनिता अधिकारी, किंजन विसुंखे, कृष्णकुमार श्रेष्ठ, सुशान्त के. सी., रुबिना राना, विश्वनाथ वाग्ले, सरिता बलामी, रामकुमार केसी, रविन्द्र तिरुवा, मनोज कर्माचार्य, किरण नेपाली, सिद्धि कर्माचार्य, बुद्धिमान महर्जन, अङ्कीत घर्ती, एडविन बस्नेत, अमिर निरौला, दीपक लामिछाने, बद्रि कार्की, सबिता के. सी., रजनी खत्री, डा. शेखरकुमार श्रेष्ठ, रामराजा के. सी. आदि स्रष्टाले रचना वाचन गरेका थिए ।

सुसेली साहित्यिक प्रतिष्ठानकी सदस्य सरिता बलामीले स्वागत मन्तव्य र सदस्य सबिता के.सी.ले सञ्चालन गरेको कार्याक्रममा डा. शेखरकुमार श्रेष्ठले समीक्षात्मक टिप्पणी व्यक्त गरेका थिए।

विश्व नेपाली साहित्य महासङ्घ ललितपुर शाखाका पदाधिकारी, सुसेली साहित्यिक प्रतिष्ठानका पदाधिकारी लगायत विभिन्न विद्यालयका विद्याथीृहरुको रचना तथा साहित्यिक अनुरागीहरूको उपस्थिती रहेको थियो ।

Leave a Reply

Top