You are here
Home > साहित्य > क्रोध

क्रोध

 

-भुवन शिवाकोटी ‘चौघरे’

तिमी भन्छौ

आगो सल्काउँदै छु म

आँधी लिएर आउने छ

र छर्ने छ

बस्तीभरि आगोको बिउ

आगो सल्काउँदा होस गर

कतै

‘टोर्नाडो’ आँधीले

तिम्रो शरीरमै नबेरिदेओस्

आगोको फरिया

तिमीले बुझ्नु जरुरी छ

आँधीसँगै

कहिलेकाहीँ मुसलधारे पानी पनि पर्छ

र निभ्छ डँडेलो

अझै बुझ्नु जरुरी छ

आगाको मुस्लोमा

बस्ती जलाउने सपना मात्र नदेख

त्यो बस्तीमा

तिम्रो पनि आवास छ ।

काठमाडौं

 

Leave a Reply

Top