You are here
Home > खुसी बाँडे खुसी बढ्छ > नवलपुर समाज जापान, कान्साईको आयोजनामा ओसाकामा ‘तीज फेस्टिभल २०२६’ हुने

नवलपुर समाज जापान, कान्साईको आयोजनामा ओसाकामा ‘तीज फेस्टिभल २०२६’ हुने

ओसाका, जापान ।नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नवलपुर समाज जापान, कान्साईको आयोजना तथा BJN International को विशेष सहयोगमा ओसाकामा ‘तीज फेस्टिभल २०२६’ आयोजना हुने भएको छ।

आगामी सेप्टेम्बर १२ तारिख शनिबार आयोजना हुने तीज विशेष कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी कलाकार रामजी खाँड, देवी घर्ती र टीका सानुको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

जापानमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै नेपाली समुदायबीच आपसी सद्भाव, आत्मीयता र एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम ओसाकास्थित Abeno Cumin Center (阿倍野区民センター) मा साँझ ५ बजेदेखि सुरु हुने जनाइएको छ। चर्चित कलाकारहरूको प्रत्यक्ष प्रस्तुतिसँगै तीजका मौलिक गीत–संगीत र मनोरञ्जनात्मक प्रस्तुतिहरू कार्यक्रमका मुख्य आकर्षण रहनेछन्।

आयोजक नवलपुर समाज जापान, कान्साईले ओसाकासहित कान्साई क्षेत्र तथा जापानका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई तीजको उत्सव सामूहिक रूपमा मनाउन अनुरोध गरेको छ।

Leave a Reply

Top