बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिले तीज विशेष कार्यक्रम गर्दै खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन August 5, 2026August 5, 2026 ओसाका। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समिति ले “तीज विशेष कार्यक्रम–२०२६” आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०२६ अगस्ट ३० तारिख बेलुका ४:०० बजेदेखि ओसाकास्थित अबेनो कुमिन सेन्टर (阿倍野区民センター) मा सम्पन्न हुनेछ। कार्यक्रममा चर्चित गायिका सिता परियार, गायक प्रेम सापकोटा ‘सोनु’, कलाकार सम्झना लामिछाने मगर, गायिका काजल गुरुङ तथा गायक केशव शर्मा को विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन कुलवीर थापा ले गर्नेछन्। आयोजकका अनुसार जापानमा रहेका नेपाली समुदायबीच तीज पर्वको मौलिकता, कला, संस्कृति तथा आपसी सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी हुन प्रवेश निःशुल्क (Free Entry) राखिएको छ। बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितिले जापानभर रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई तीजको उल्लास सँगै नेपाली संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा आपसी सद्भाव अभिवृद्धिमा साथ दिन हार्दिक