You are here
Home > प्रवास > नेपाली आचार लाई जापानी बजारमा ब्राण्ड बनाउँदै बर्षा !

नेपाली आचार लाई जापानी बजारमा ब्राण्ड बनाउँदै बर्षा !

-बिन्दु ढकाल /कोबे ,जापान

जापानमा नेपालिहरुको सख्या बढे सँगै नेपाली भान्छामा तयार हुने नेपाली जनजिब्रोको स्वाद अनुसारको खानेकुरा जापानमा नै उत्पादन सुरु हुने भएको छ।जापानको कोबे शहरमा यही जुन २२ देखी संचालनमा आउन लागेको पिकल्स हाउस (Pickles House)ले नेपाली स्वाद अनुसारको खाने कुरा तयार पार्ने भएको हो । टिपिकल केहि हद सम्म घरको याद बिर्साउन अनि आमाको हातको खाना सम्झाउने बिशेष गरेर मुलाको अचार,पोर्क अचार, आँपको अचार,आँपईमली पॅाऊ,कागतीको अचारका साथै गुन्द्रुक,मस्यौरा र सिन्की उत्पादन गर्न लागिएको पिकल्स हाउसकी संचालक बर्षा रेग्मीले बताउनुभयो।

संचालनको अवस्था सम्म आइपुग्नु अगाबै उत्पादित बस्तु जापानभर रहेका नेपाली , बङ्लादेशी , पाकिस्तानी,ईन्डियन तथा श्रीलन्कन रेष्टुरेण्ट का साथै हलाल फुड खोलेर बस्नु भएको जतिपनी किराना पसल सबैलाई फ्री सेम्पल,डेलिभरी शुल्क फ्री गरी एक पटक चाखेर हेर्नुस् भन्ने अभियान सफल भै सकरात्मक प्रतिकृया आए सँगै अझै बढि उत्सहित बनाएको अर्का सन्चालक दिनेश रेग्मी बताउनु हुन्छ ।

कोरोनाको कहरले संसारलाई प्रभाबित बनाइरहदा आफ्नो काम पनि अछुतो रहन सकेन,आफ्नो सिपलाई आम्दनी मुलक बनाउनुका साथै लगभग १ लाखको हाराहारी नेपाली भएको देशमा आफैं केही गर्न सकिन्छ भन्ने विश्वाशका साथ नेपाली अचारले नेपाललाई जापानीहरुमाझ चिनाउन सकिन्छ भन्ने उद्देश्यका साथ ब्यवसाय संचालनमा ल्याएको संचालक बर्षा रेग्मीले जानकारी दिनुभयो।

नेपालीले संचालन गरेको र स्वादको भएकोले जापानमा रहुनेहुने सम्पूर्ण नेपालीको रोजाइ बन्नेमा आफुहरु विश्वस्त रहेको संचालकको भनाइ छ।

Leave a Reply

Top