छानबिन समितीको अपूर्ण प्रतिवेदन प्रति गल्कोट समाज जापानका उपाध्यक्ष सुमित खत्रीको आपत्ति प्रवास समाचार August 30, 2021August 30, 2021 दीपश्री अन्लाईन,कान्साइ एनआरएनए जापानमाको निर्वाचन समीक्षा समितिले जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निष्कर्ष निकालेको प्रतिवेदनमा आफुलाई एक पटक जानकारी समेत नगराइ आफ्नो नाम उल्लेख गरेकोमा गल्कोट समाज जापानका उपाध्यक्ष सुमित खत्रीले आपत्ति जनाउनुभएको छ । आफ्नो अधिकारिक फेसबूक पेज मार्फत उहाँले आपत्ति जनाउनुभएको भएको हो । उहाँले लेख्नुभएको छ, सम्पूर्णमा नमस्कार।आज छानबिन समितिले छानबिन गरि सत्थ तथ्य बाहिर ल्याउदै छ रे भन्ने हल्ला त सुनेको थिए तर छानबिनको नाममा गैरजिम्मेवारी पूर्व तरिकाले सामाजिक संजालमा व्यक्ति नाम लिईएको देख्दा विचार नै नगरि विचरा भन्न मन लाग्यो।यसरी nooneknowswhatwillbetommorow@gmail.com भन्ने ईमेल प्रयोग गरि कान्साईबाट एउटै ईमेलबाट ९७ जनाको ईमेल बनाएको भनि मेरो नाम सार्वजनिक गरेको प्रति घोर आपत्ति व्यक्त गर्दछु।मेरो एनआरएनए सदस्यता सम्बन्धी यथार्थ विवरण यसप्रकार रहेको जानकारी गराउदछु।साथै मेरो सामाजिक रूपमा चरित्र हत्या गर्ने गरि नाम सार्वजनिक गर्नुभन्दा पहिला मलाई यस सम्बन्धी सोधपुछ किन गरिएन?मेरो नम्बर पनि सहि छ भने के कुरालाई आधार बनाएर छानबिन गरेको हो?हचपवाको भरमा अथवा अनुमानका आधारमा यस्तो सम्वेदनशिल विषलाई किन हल्का रूपमा प्रस्तुत गरियो? तपाईलाई मेरो बारेमा बोल्ने अधिकार कसले दियो?मलाई जवाफ चाहिन्छ ?यसको लागि म कहाँ आउनुपर्छ म तयार छु। दीपश्री अन्लाईन सँगको कुराकानीमा खत्रिले भन्नु भयो “प्रबिधिको प्रयोग गरेर कसैले मेरो नामको दुरुपायोग गरेको हुनसक्ला,यस विषयमा छानबिन होला र हुनुपनी पर्छ तर मेरो आपत्ति केहो भने कम्तिमा छानबिन समितिले एक पटक म सँग सोधपुछ त गर्नु पर्थ्यो”सम्बन्धित ब्यक्ती सँग एक पटक सोधपुछ नै नगरि सार्वजनिक भएको प्रतिवेदन प्रती कसरी विश्वाश गर्ने?उहाले प्रश्न गर्नु भयो । एनआरएन जापानमा अनलाइनमार्फत चुनाव सम्पन्न भएपछि प्रविधिको दुरूपयोग गरिएको भन्दै विवाद भएको थियो। एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा अमेरिका र जापानक विज्ञहरुसहित छानबिन समिति गठन भएको थियो। समितिले शुक्रबार प्रतिवेदन तयार गरेर संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई पठाइसकेको छ। सिंगल इमेलबाट दर्ता ६ हजार ४२४ सदस्यहरुबाट कुल चार हजार ८५३ मत अर्थात ७६ प्रतिशत मत खसेको प्रतिवेदनमा उल्लेख छ। ‘एमआईएस सिष्टममा अनाधिकृत रुपमा सदस्यहरुको इमेल परिवर्तन भएको सम्बन्धमा सदस्यता छानबिन तथा व्यवस्थापन समितिले गुगल फर्म मार्फत परिवर्तित इमेलहरु पनि पहिलेको जस्तै प्लस र डट प्रयोग गरी समूहगत इमेलहरुको प्रकृतिमा नै परिवर्तन भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्षमा लेखिएको छ।